२०८३ भाद्र २८

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

काठमाडौं। बारा जिल्लामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीसहित १० जनालाई जिल्ला अदालत बाराले रिहा गरेको छ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। अदालतले उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त र ठोस प्रमाण नदेखिएको जनाएको छ।

साधारण तारेखमा रिहा हुनेमा चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन्। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ रिहा भएका हुन्।

बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा अघि बढाएको थियो।

यही घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ। बुधबारको आदेशपछि उनीहरूलाई वीरगन्जस्थित बाल सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।

दुईमध्ये एक नाबालकले अनुसन्धानका क्रममा घटना आफूले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनका बयान घटनास्थल र शवको अवस्थासँग मेल खाएको जनाएको छ।

अनुसन्धानका क्रममा ती नाबालकले घटनामा अर्का साथीको समेत संलग्नता रहेको बताएका थिए। त्यस क्रममा चिकित्सकसँगको कुराकानीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले भिडियो बाहिरिएको विषयमा समेत अनुसन्धान थालेको छ।

प्रहरी हवल्दार कुमार विकले उक्त भिडियो सार्वजनिक गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन र विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

अर्का नाबालकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। अदालतले दुवैलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म बाल सुधारगृहमा राख्ने आदेश दिएको हो।

जीतपुरसिमरा–१ की तीन वर्षीया बालिका साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। भदौ २ गते घरनजिकै रहेको खाली घरमा उनको शव फेला परेको थियो।

घटनापछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयस्तरमा प्रदर्शन सुरु भएको थियो भने त्यसको प्रभाव देशका अन्य स्थानसम्म पुगेको थियो।

भदौ ६ गते मृतक बालिकाका अभिभावक र सरकारी पक्षबीच गृह मन्त्रालयमा वार्ता भएको थियो। गृहमन्त्री, कानुनमन्त्री र प्रहरी महानिरीक्षकसहितको उपस्थितिमा भएको वार्तामा तीनबुँदे सहमति भएपछि बाल