२०८३ आश्विन १

भारत निर्यात अवरोध भएपछि इलामका चिया उद्योग असार १ गतेदेखि बन्द गर्ने घोषणा

काठमाडौँ । भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपाची इलामका उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा विभिन्न प्रकारका गुणस्तर जाँच, जोमिखपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरूका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन अवरोध भएको छ ।

एसोसियसनले हाल भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाम मै रोकिएको अवस्था छ भने यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको बताएको छ । उनीहरुले भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि नदिदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको र असार १ गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन् ।

एसोसियसनले भनेको छ- ‘ भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि दिँदैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएका छन् । यी अनेकौं समस्याहरूका कारण उद्योगहरूले किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने भयानक अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं। अतः सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’

Read More

इप्पानमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभाले बाट डाँगीलाई संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनाएको हो ।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भए ।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ भने सचिवहरू कृष्ण प्रसाद घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका छन् ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् । 

Read More

सुन एकैदिन तोलाको ५३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ३ सयले बढेर तोलाको २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९० रुपैयाँले बढेर तोलाको ४८४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४६५० मा कारोबार भएको थियो ।

Read More

नेपालमा सार्वजनिक भयो Xiaomi 17T, Leica 5X क्यामेरा र शक्तिशाली ब्याट्री मुख्य आकर्षण

काठमाडौँ । स्मार्टफोन निर्माता Xiaomi ले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन Xiaomi 17T सार्वजनिक गरेको छ। उत्कृष्ट क्यामेरा क्षमता, शक्तिशाली ब्याट्री र आँखाको सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको डिस्प्लेसहित कम्पनीले यो फोन नेपालमा भित्र्याएको हो।

नयाँ Xiaomi 17T को प्रमुख आकर्षण यसको Leica 5X टेलिफोटो क्यामेरा हो। ५० मेगापिक्सेलको मुख्य क्यामेरा, अप्टिकल इमेज स्टेबलाइजेसन (OIS), १० गुणासम्मको अप्टिकल जुम र १२० गुणासम्मको एआई जुम सुविधाले प्रयोगकर्तालाई उच्च गुणस्तरका तस्बिर खिच्ने अनुभव दिने कम्पनीको दाबी छ।

फोनमा 4K 60fps सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि उपलब्ध छ। ‘लाइभ मोमेन्ट’ नामक विशेष फिचरमार्फत प्रयोगकर्ताले तस्बिरसँगै क्षणको भावना र गतिविधिलाई समेत जीवन्त रूपमा कैद गर्न सक्ने कम्पनीले जनाएको छ।

फोटोग्राफी अनुभवलाई अझ प्रभावकारी बनाउन Xiaomi 17T मा ठूलो इमेज सेन्सर, Leica Summilux लेन्स तथा उन्नत प्रकाश व्यवस्थापन प्रणाली समावेश गरिएको छ। यसले कम उज्यालोमा पनि स्पष्ट र आकर्षक तस्बिर खिच्न सहयोग गर्ने बताइएको छ।

डिस्प्लेतर्फ, फोनमा पहिलोपटक Vision Care Technology प्रयोग गरिएको छ। ३,५०० निट्ससम्मको ब्राइटनेस भएको AMOLED डिस्प्लेले निलो प्रकाश, फ्लिकर र मोसन ब्लर नियन्त्रण गर्दै लामो समयसम्म प्रयोग गर्दा पनि आँखालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

फोनमा ६,५००mAh क्षमताको ब्याट्री र ६७ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ। साथै MediaTek Dimensity 8500 Ultra प्रोसेसरले गेमिङ, मल्टिटास्किङ र एआई आधारित कामलाई थप सहज र प्रभावकारी बनाउने बताइएको छ।

Xiaomi 17T नेपालमा बैजनी, निलो र कालो गरी तीन रंगमा उपलब्ध हुनेछ। १२GB RAM र ५१२GB स्टोरेज भएको भेरियन्टको मूल्य रु. ९८ हजार ९९९ तोकिएको छ। कम्पनीका अनुसार फोन खरिद गर्ने ग्राहकले Redmi Buds 6 Play निःशुल्क उपहार पनि प्राप्त गर्नेछन्।

Read More

सुन एकैदिन तोलाको ५ हजार एक सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ हजार १ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४० मा कारोबार भएको थियो ।

Read More

सुन एकैदिन तोलाको १० हजार एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९२५ मा कारोबार भएको थियो ।

Read More

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गरेका उद्योगहरूले तिर्न बाँकी रहेको प्रिमियम महसुल तत्काल कानूनबमोजिम असुल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

घिसिङले आम नागरिक दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेका बेला विशेष सुविधा प्राप्त औद्योगिक ग्राहकहरूले उपभोग गरेको विद्युतको प्रिमियम महसुल भुक्तानी गर्नु कानूनी मात्र नभई नैतिक दायित्वसमेत भएको बताएका छन् ।

उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा बक्यौता असुली प्रक्रिया अघि बढाउँदा तत्कालीन राजनीतिक नेतृत्वबाट हस्तक्षेप भएको र त्यसका कारण आफू कारबाहीमा परेको विषय सबैलाई जानकारी रहेको उल्लेख गरेका छन् । यद्यपि राज्यको हित र कानून कार्यान्वयनप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नभएको उनको भनाइ छ ।

घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेपछि डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता असुलीलाई गति दिने निर्णयलाई प्राथमिकतामा राखेको स्मरण गरेका छन् । उनका अनुसार नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट निर्णय गराई व्यवस्थापनलाई कानूनअनुसार कडाइका साथ असुली प्रक्रिया अघि बढाउन निर्देशन दिइएको थियो ।

उनले त्यसको परिणामस्वरूप अधिकांश उद्योगहरूले पहिलो किस्ता बुझाएको भए पनि पछिल्ला चरणमा असुली प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको बताएका छन् । किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरेका उद्योगहरूले समेत रकम तिर्न रोक्दा राज्यकोषमा आउनुपर्ने रकम दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ ।

घिसिङले कानून सबैका लागि समान हुनुपर्ने भन्दै प्रभाव, पहुँच वा दबाबका आधारमा कसैले पनि आफ्नो दायित्वबाट छुट पाउन नहुने बताएका छन् । विगतमा राजनीतिक हस्तक्षेपका कारण विवादित बनेको विषयलाई अब थप बहानाबाजी गरेर अल्झाइराख्न नहुने उनको धारणा छ ।

उनले राज्यकोषमा आउनुपर्ने रकम असुल गर्नु सरकार र सम्बन्धित निकायको संवैधानिक तथा कानूनी दायित्व भएको उल्लेख गर्दै डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल बक्यौता तत्काल असुली प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । साथै सम्बन्धित उद्योगहरूलाई उपलब्ध किस्ताबन्दी सुविधाको उपयोग गर्दै आफ्नो दायित्व पूरा गर्न पनि उनले आह्वान गरेका छन् ।

घिसिङले जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिएका उद्योगहरू आज आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै कानूनको शासन र राज्यको हितभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर तोलाको ४९२५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४९०५ मा कारोबार भएको थियो ।

Read More

कोरला नाकाबाट ६ अर्ब ६६ करोडभन्दा बढी राजस्व सङ्कलन, करिब ३ हजार विद्युतीय सवारी नेपाल भित्रिए

काठमाडौँ ।  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा उल्लेखनीय राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार गत जेठ १६ गतेसम्म कुल ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

गत वर्षको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाका हुँदै भएको आयात–निर्यात कारोबारबाट उक्त राजस्व सङ्कलन भएको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका मालवस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरको भन्सार राजस्व सङ्कलन भएको छ। विशेषगरी विद्युतीय सवारी (इभी), चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक तथा विभिन्न इलेक्ट्रोनिक सामग्रीको आयातबाट उल्लेखनीय राजस्व प्राप्त भएको उनले बताए।

त्यसैगरी, नेपालबाट चीनतर्फ निर्यात गरिएका हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादनबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

राजस्व सङ्कलन तथा व्यापार विवरण

 शीर्षकविवरणरकम/परिमाण
कुल भन्सार राजस्व सङ्कलनजेठ १६ गतेसम्मरु. ६ अर्ब ६६ करोड २६ लाख
आयातबाट सङ्कलित राजस्वचीनबाट नेपाल भित्रिएका मालवस्तुरु. १३ अर्ब ८७ करोड ७८ लाख
निर्यातबाट सङ्कलित राजस्वनेपालबाट चीनतर्फ निकासी भएका सामग्रीरु. २० करोड ५५ लाख ७४ हजार
इभी आयातबाट प्राप्त राजस्वविद्युतीय सवारीसाधनरु. ६ अर्ब ७६ करोड २ लाख
नेपाल भित्रिएका इभीभदौदेखि जेठ १६ सम्म२,९९७ वटा

मुस्ताङ भन्सार कार्यालयका अनुसार गत भदौदेखि जेठ १६ गतेसम्म कोरला नाका हुँदै २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। ती सवारीसाधनको भन्सार जाँचपास तथा आयात प्रक्रियाबाट मात्रै ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

इभी आयात प्रक्रिया अनुसन्धानको दायरामा

यसबीच, पछिल्लो समय कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको आयात प्रक्रिया विवादमा परेको छ। भन्सार जाँचपास सम्पन्न भइसकेका ६४९ वटा विद्युतीय सवारीसाधन सम्बन्धी प्रक्रियामाथि सरकारले अनुसन्धान सुरु गरेको हो।

सरकारले आयात प्रक्रियामा कुनै अनियमितता वा कैफियत रहे–नरहेको यकिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम तथा कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधनहरूको स्थलगत अनुगमन कार्य सम्पन्न गरिसकेको जनाएको छ।

Read More

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्य राखिएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कर्जा प्रवाहका क्रममा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पनि अनुमति दिएको छ ।

संशोधनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकको विद्युतीय कारोबार, भुक्तानीसम्बन्धी विवरण तथा व्यवसायिक सूचनाका आधारमा कर्जा विश्लेषण गर्न सक्नेछन् । यसका लागि प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पाइने भए पनि त्यससँग सम्बन्धित जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै रहने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले डिजिटल कर्जाको सीमा पनि स्पष्ट रूपमा निर्धारण गरेको छ । बैंक तथा वित्तीय संस्थामा तलब, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन् । अन्य प्राकृतिक व्यक्तिका लागि यस्तो सीमा २ लाख रुपैयाँ तोकिएको छ । दुवै प्रकारका कर्जाको भुक्तानी अवधि अधिकतम ३ वर्षसम्म हुनेछ ।

त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीलाई अल्पकालीन चालु पुँजी कर्जाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ, जसको भुक्तानी अवधि १ वर्ष तोकिएको छ । यस्तै, दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीतिअनुसार निर्धारण गर्नेछन् ।

संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध व्यापारीको सहमतिमा उनीहरूको व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण प्राप्त गरी कर्जा विश्लेषणका लागि उपयोग गर्न सक्नेछन् ।

यसबाहेक, बैंक तथा वित्तीय संस्थाले प्रविधि सेवा प्रदायक संस्थामार्फत ग्राहकको सहमतिमा व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण संकलन गर्न सक्नेछन् । तर त्यस्ता कर्जामा निहित सम्पूर्ण जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, विवरण प्राप्ति प्रक्रिया, गोपनीयता, आधिकारिकता तथा ग्राहकको सहमतिसम्बन्धी विषय समेटेर प्रविधि सेवा प्रदायकसँग सम्झौता गर्नुपर्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने प्रावधान पनि थपिएको छ ।

राष्ट्र बैंकले यो संशोधनमार्फत डिजिटल कर्जाको पहुँच विस्तार गर्दै विशेषगरी लघु, साना तथा मझौला व्यवसायीलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Read More