२०८३ भाद्र २८

सुनको भाउ तोलामा ४८ सय घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको थियो। शुक्रबार भने त्यसको विपरीत उल्लेख्य गिरावट आएको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस ४ हजार ३३२ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।

चाँदीको भाउसमेत शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो। यस आधारमा शुक्रबार चाँदी तोलामा २ सय ५५ रुपैयाँले सस्तिएको हो।

Read More

भक्तपुरमा ६० ग्यास सिलिन्डर वितरण, कालोबजारीको आरोपमा दुई पक्राउ

काठमाडौं । भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा मौज्दात राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको छ। मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ती सिलिन्डर जिल्ला प्रशासन कार्यालयको पहलमा उपभोक्तालाई उपलब्ध गराइएको हो।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको निरीक्षणका क्रममा ब्याङ्क्वेटमा ग्यास सिलिन्डर रहेको भेटिएको थियो। सञ्चालकले आगामी असोजमा विभिन्न भोज तथा कार्यक्रम बढ्ने भएकाले आवश्यकताका लागि चितवनबाट ग्यास ल्याइएको जानकारी प्रशासनलाई दिएका थिए।

स्थानीय प्रशासनको आग्रहपछि ब्याङ्क्वेटमा रहेको ग्यासमध्ये ६० वटा सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो।

यसैबीच, भक्तपुर प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–७ निवासी साहले प्रतिसिलिन्डर रु २ हजार ८०० मा ग्यास बिक्री गरिरहेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत बरामद गरेको छ। ग्यासको आपूर्ति सहज बनाउने र बढी मूल्यमा बिक्री तथा कालोबजारी रोक्ने उद्देश्यले प्रशासन

Read More

रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

काठमाडौँ चीनसँगको उत्तरी व्यापारका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि मुस्ताङको कोरला नाकामा आयातको चाप बढेको छ। रसुवागढी नाकामा रोकिएका मालवाहक कन्टेनरसमेत कोरला हुँदै नेपाल भित्रिन थालेपछि पछिल्लो समय नाकाको व्यापारिक गतिविधि तीव्र बनेको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाकामा रोकिएका १७६ वटा कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरिएको छ। केही कन्टेनर कोरला पुगिसकेका छन् भने बाँकी पनि क्रमशः आइरहेका छन्। अहिले भन्सार कार्यालयको सडक आसपास २०० भन्दा बढी कन्टेनर छन् भने भन्सार ¥याडमा मालवस्तुसहित करिब १५० भन्दा बढी कन्टेनर रोकिएका छन्।

दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल र खाद्य सामग्री बोकेका कन्टेनरसमेत कोरला नाकातर्फ डाइभर्ट भएका छन्। भन्सार प्रमुख चुडालका अनुसार अहिले दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने गरेका छन्।

कोरला नाकाको पछिल्लो सक्रियता भने आकस्मिक रूपमा सुरु भएको होइन। कोभिड महामारीका कारण चार वर्ष बन्द रहेको यो नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो। त्यसपछि तल्लो मुस्ताङका नागरिकलाई समेत सीमापार पास वितरण गरी नेचुङ–लिजी आवतजावत सहज बनाइएको थियो।

कोभिडअघि कोरला नाका असार र भदौमा सीमित समयका लागि मात्र खुल्ने गरेको थियो। चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा चिनियाँ पक्षले सीमावर्ती नेपाली नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिद गर्न अल्पकालीन अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्ने गरेको थियो। तर कोभिडपछि चीनले एकपक्षीय रूपमा नाका बन्द गरेपछि चार वर्षसम्म व्यापार र आवतजावत ठप्प भएको थियो।

२०८० कात्तिक २७ गते नाका पुनः खुलाउँदा चिनियाँ पक्षले नेपाली पक्षलाई सहभागी गराएर आतसबाजीसहित औपचारिक कार्यक्रम गरेको थियो। सुरुमा नाका उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला गरिएको थियो। पछि तल्लो मुस्ताङका नागरिकलाई पनि सीमापार पास दिइएपछि आवतजावत विस्तार भएको हो।

बाह्रै महिना खुला भए पनि सुरुआती चरणमा कोरला नाकाको कारोबार स्थानीयस्तरमै सीमित थियो। सीमावर्ती क्षेत्रका नागरिक र तल्लो मुस्ताङका केही बासिन्दाले घरायसी प्रयोजनका दैनिक उपभोग्य वस्तु चीनको कोरलास्थित लिजी हाटबजारबाट खरिद गरी ल्याउने गरेका थिए। चिनियाँ पक्षले नेपालीलाई सीमित मात्रामा मात्रै मालसामान आफ्नो भूमिबाट ल्याउन दिने गरेको थियो। त्यसबेला मुस्ताङ भन्सार कार्यालयको वार्षिक राजस्व संकलन करिब १० देखि १५ करोड रुपैयाँमा सीमित थियो।

गत वर्षको भदौ ३१ गतेदेखि कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि भने आयात–निर्यातको परिमाण बढ्न थालेको हो। उत्तरतर्फका तातोपानी र रसुवागढी नाका बाढी, पहिरो र नदी कटानका कारण बन्द भएपछि कोरलालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको थियो। नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि पूर्वाधार निर्माणतर्फ भने पर्याप्त ध्यान पुग्न नसकेको बताइएको छ।

पछिल्लो पटक यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाका पूर्ण रूपमा बन्द गरेपछि कोरला नाकामाथिको निर्भरता थप बढेको हो। तातोपानी नाका पनि सञ्चालनमा नरहेको अवस्थामा उत्तरतर्फका तीन नाकामध्ये अहिले व्यापारिक गतिविधिका लागि कोरला महत्वपूर्ण विकल्प बनेको छ।

कोरला नाकाको पछिल्लो अवस्थातथ्यांक
रसुवागढीबाट डाइभर्ट भएका कन्टेनर१७६
भन्सार सडक आसपास रहेका कन्टेनर२०० भन्दा बढी
भन्सार ¥याडमा रोकिएका कन्टेनर१५० भन्दा बढी
दैनिक चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने कन्टेनर५० भन्दा बढी

भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबापत ५२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ १० गतेपछि मात्रै थप २६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सार कार्यालयले ७८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको छ।

राजस्वसँगै सवारीसाधन र कन्टेनरको जाँचपास पनि तीव्र भएको छ। रसुवागढी नाका बन्द भएपछि नौ दिनको अवधिमा ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। त्यसअघि साउनदेखि भदौ १० गतेअघिसम्म १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको जाँचपास भएको थियो।

भन्सार गतिविधिभदौ १० अघिको ४० दिनभदौ १० पछिको अवधि
विद्युतीय सवारीसाधन जाँचपास१६३१३०
मालवाहक कन्टेनर जाँचपास१३३८८
दैनिक औसत EV जाँचपास४–५१५ भन्दा बढी
दैनिक औसत कन्टेनर जाँचपास३–४१० भन्दा बढी

भन्सार प्रमुख चुडालका अनुसार भदौ १० गतेअघिको ४० दिनमा दैनिक औसत १ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ १० गतेपछि भने दैनिक औसत राजस्व २ करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो ४० दिनमा १६३ वटा विद्युतीय सवारीसाधन जाँचपास भएकामा पछिल्लो १० दिनमा मात्रै १३० वटा जाँचपास भएका छन्। त्यस्तै, अघिल्लो ४० दिनमा १३३ कन्टेनर जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा जाँचपास भएका छन्।

राजस्वको अवस्थारकम
भदौ १० अघिको ४० दिनमा राजस्व५२ करोड ८० लाख रुपैयाँ
भदौ १० अघिको दैनिक औसत१ करोड ३० लाख रुपैयाँ
भदौ १० पछि थप राजस्व२६ करोड रुपैयाँभन्दा बढी
भदौ १० पछिको दैनिक औसत२ करोड ८८ लाख रुपैयाँभन्दा बढी
चालु आवको भदौ २० सम्म७८ करोड रुपैयाँभन्दा बढी

मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। उक्त वर्ष चीनबाट १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका मालवस्तु आयात भएका थिए भने २० करोड ५० लाख रुपैयाँभन्दा बढीका मालवस्तु चीनतर्फ निर्यात भएका थिए।

गत वर्ष कोरला नाका हुँदै ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन र १ हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो। चालु आवमा सामान्य अवस्था रहे ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला हुँदै आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको भन्सार प्रमुख चुडालले बताएका छन्।

गत आव २०८२/८३ को विवरणतथ्यांक
संकलित भन्सार राजस्व६ अर्ब ९२ करोड रुपैयाँ
चीनबाट आयात१४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी
चीनतर्फ निर्यात२० करोड ५० लाख रुपैयाँभन्दा बढी
जाँचपास भएका विद्युतीय सवारीसाधन३,२२३
जाँचपास भएका मालवाहक कन्टेनर१,८७३
चालु आवको राजस्व लक्ष्य९ अर्ब रुपैयाँभन्दा बढी

चीनबाट कोरला हुँदै आएका विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि कोरला नाकामै पार्किङ गरिएका छन्। पछिल्लो समय कोरला नाकादेखि न्हेचुङ भन्सार आसपासका क्षेत्र कन्टेनर र विद्युतीय सवारीसाधनले भरिन थालेका छन्।

यसअघि उपल्लो मुस्ताङका नागरिकको आवतजावत र घरायसी प्रयोजनका सामानको खरिद–बिक्रीमा सीमित रहेको कोरला नाका अहिले रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ। बढ्दो व्यापारिक चापसँगै नाकाको भन्सार ¥याड, पार्किङ तथा अन्य पूर्वाधारको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।

Read More

सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाण्डु । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ५५ रुपैयाँले बढेको छ। बुधबार ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Read More

रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सारको राजस्व बढ्यो

काठमाडौँ । रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सक्रिय बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा र तातोपानी दुवै नाका अवरुद्ध भएपछि कोरला नाका तत्कालका लागि वैकल्पिक व्यापारिक मार्ग बनेको हो। भन्सार कार्यालयका अनुसार भदौ १० देखि २३ गतेसम्म मात्रै रु. ५६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ।

यस अवधिमा कोरला नाकाबाट आएका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए। उनका अनुसार दैनिक १५ वटासम्म विद्युतीय सवारी र १० वटाभन्दा बढी मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्म भने १६३ वटा विद्युतीय सवारी र १३३ वटा मालवाहक कन्टेनरको जाँचपासबाट रु. ५२ करोड ८० लाख राजस्व उठेको थियो।

भन्सार कार्यालयका अनुसार चालु आवमा हालसम्म कुल राजस्व सङ्कलन रु. १ अर्ब ८ करोड ८० लाख पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सारले रु. ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो।

Read More

युनिलिभर नेपालद्वारा बाढी प्रभावितका लागि करिब ६ करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ।

कम्पनीले राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ। त्यसैगरी, करिब १ करोड रुपैयाँ मूल्य बराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको छ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए। उनले नेपालले चुनौतीपूर्ण परिस्थितिमा धैर्यता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रभावित परिवारलाई पुनःस्थापनाको यात्रामा साथ दिन कम्पनी प्रतिबद्ध रहेको मुखर्जीले बताए। उनका अनुसार विपद्का बेला निजी क्षेत्र, सरकार तथा विभिन्न संघसंस्थाबीचको सहकार्यले प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित विभिन्न पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले पछिल्लो सहयोगबाट बाढी प्रभावित समुदायलाई तत्काल राहत पुर्‍याउन सहयोग पुग्नुका साथै विपद्को सामना गर्न सामूहिक प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।

Read More

सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ बढ्यो

काठमाडौं । सोमबार घटेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १०० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

बाढीपीडितका लागि देशभरबाट जुट्दैछ सहयोग, बाँकेदेखि चितवनसम्म लाखौँ रकम संकलन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि देशका विभिन्न स्थानबाट सहयोग जुट्न थालेको छ।

बाँकेबाट मात्रै विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा व्यक्तिको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपैयाँ जम्मा भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार २१ वटा संस्था तथा व्यक्तिबाट संकलित रकममध्ये नेपालगञ्ज उद्योग वाणिज्य संघले सबैभन्दा बढी ६ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

यसैबीच, बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। समितिले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि ३७ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ। प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीले एक दिनको पारिश्रमिक, भत्ता तथा पेन्सनबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

चितवनका स्थानीय तह पनि राहत र उद्धारमा सक्रिय छन्। कालिका नगरपालिकाले ३५ लाख, माडीले ४३ लाख ९८ हजार २०६, खैरहनीले १५ लाख र इच्छाकामना गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। भरतपुर महानगरपालिकाले यसअघि नै १ करोड १ लाख तथा रत्ननगर नगरपालिकाले ३२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेका छन्।

आर्थिक सहयोगसँगै चितवनका स्थानीय तहले बेपत्ताको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहन र अन्य आवश्यक साधनसमेत प्रभावित क्षेत्रमा परिचालन गरेका छन्।

Read More

विपद्को घडीमा F1Soft Group को साथ: दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाखको सहयोग

काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले eSewa सहित F1Soft Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

Group अन्तर्गतका eSewa, Fonepay लगायतका संस्थाहरूको तर्फबाट प्रदान गरिएको उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण नागरिकले कठिन परिस्थितिको सामना गरिरहेका बेला निजी क्षेत्रबाट प्राप्त यो सहयोगले सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानमा थप टेवा पुग्ने अपेक्षा F1Soft ले गरेको छ।

सहयोग हस्तान्तरण गर्दै F1Soft ले महाविपत्तिको यस कठिन समयमा आफूहरू पीडित नागरिक र सरकारको प्रयाससँगै रहेको जनाएको छ। समूहले आफ्नो यो योगदानले संकटमा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

विपद्को समयमा राज्यको प्रयाससँग हातेमालो गर्दै निजी क्षेत्रबाट गरिने सामाजिक उत्तरदायित्वका गतिविधिले प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। यही भावना अनुसार eSewa, Fonepay लगायत F1Soft Group अन्तर्गतका कम्पनिहरूले संयुक्त रूपमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

F1Soft Group ले कठिन परिस्थितिमा सहयोग र सहकार्यलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा मानेको जनाएको छ। साथै, विपद्को समयमा निरन्तर साथ दिँदै आएका आफ्ना ग्राहक, शुभचिन्तक तथा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गरेको छ।

महाविपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्य अझ बलियो बनाउनुपर्ने आवश्यकता देखिएको अवस्थामा F1Soft Group को यो सहयोगलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।

Read More

कृष्णभीरमा पहिरो खसेपछि फेरि ग्यास अभाव, उपभोक्ताको लामो लाइन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं उपत्यकामा पुनः खाना पकाउने ग्यासको अभाव देखिएको छ।

ग्यास लिन उपभोक्ताहरू बिहानैदेखि कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा लामबद्ध भएका छन्। उपत्यकाका अन्य बिक्री डिपोहरूमा पनि ग्यास लिन उपभोक्ताको भिड बढेको छ।

ग्यास आपूर्ति तथा वितरण ठप्प भएपछि त्यसलाई सहज बनाउन नेपाल आयल निगम, ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौंका पदाधिकारीबीच भएको बैठकले ६ बुँदे निर्णय गरेको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालसहितको बैठकले ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थामार्फत वितरण अघि बढाउने सहमति गरेको हो।

सहमति अनुसार काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगहरूले तराईका उद्योगबाटै सिलिण्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइनेछ।

त्यस्तै, व्यावसायिक प्रयोजनका लागि हुने ग्यास बिक्री–वितरण तत्काल रोक्ने निर्णय गरिएको छ। ठूला होटल तथा रेस्टुरेन्ट, खाद्य उद्योग, औद्योगिक कारखाना र व्यापारिक मललाई ग्यास बिक्री नगरी अति आवश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ।

विद्यार्थी, अशक्त, बिरामी तथा ज्येष्ठ नागरिकका साथै विभिन्न आश्रम र बाढी प्रभावितका लागि सञ्चालन गरिएका सेल्टरलाई ग्यास वितरणमा विशेष प्राथमिकता दिने निर्णयसमेत गरिएको छ।

Read More