२०८३ भाद्र २८

भक्तपुरमा ६० ग्यास सिलिन्डर वितरण, कालोबजारीको आरोपमा दुई पक्राउ

काठमाडौं । भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा मौज्दात राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको छ। मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ती सिलिन्डर जिल्ला प्रशासन कार्यालयको पहलमा उपभोक्तालाई उपलब्ध गराइएको हो।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको निरीक्षणका क्रममा ब्याङ्क्वेटमा ग्यास सिलिन्डर रहेको भेटिएको थियो। सञ्चालकले आगामी असोजमा विभिन्न भोज तथा कार्यक्रम बढ्ने भएकाले आवश्यकताका लागि चितवनबाट ग्यास ल्याइएको जानकारी प्रशासनलाई दिएका थिए।

स्थानीय प्रशासनको आग्रहपछि ब्याङ्क्वेटमा रहेको ग्यासमध्ये ६० वटा सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो।

यसैबीच, भक्तपुर प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–७ निवासी साहले प्रतिसिलिन्डर रु २ हजार ८०० मा ग्यास बिक्री गरिरहेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत बरामद गरेको छ। ग्यासको आपूर्ति सहज बनाउने र बढी मूल्यमा बिक्री तथा कालोबजारी रोक्ने उद्देश्यले प्रशासन