२०८३ आश्विन १

निर्माण क्षेत्रको समस्या तत्काल समाधान गर्न परिसंघको आग्रह

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढेपछि नेपाल निर्माण क्षेत्रमा गम्भीर असर परेको भन्दै नेपाल उद्योग परिसंघले सरोकारवाला निकायसँग तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ ।

परिसंघका अनुसार युद्ध सुरु हुनुअघि फेब्रुअरी १५ मा डिजेलको मूल्य प्रति लिटर १३९ रुपैयाँ रहेकामा हाल बढेर २२५ रुपैयाँ पुगेको उल्लेख गर्दै परिसंघले बिटुमिनको मूल्य प्रति केजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको उल्लेख गरेको छ ।

निर्माण क्षेत्रमा अत्यावश्यक डिजेल, मट्टितेल, बिटुमिनलगायत सामग्री र ढुवानी लागतमा भएको उच्च वृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुने जोखिममा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको परिसंघले जनाएको छ ।

महासंघका अनुसार मूल्यवृद्धिका कारण मात्र निर्माण व्यवसायीहरूले हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको उल्लेख गर्दै परिसंघले परियोजनाहरू प्रभावित हुँदा यससँग सम्बन्धित अन्य उद्योगहरू पनि शिथिल हुने खतरा रहेको बताएको छ ।

परिसंघले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल आवश्यक नीतिगत तथा व्यवहारिक सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

Read More

माथिल्लो त्रिशूली–१ जलविद्युतको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सम्पन्न

काठमाडौँ ।  माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । २१६ मेगावाट क्षमताको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजनामध्ये एक मानिन्छ ।

कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको आयोजनाको बाँध क्षेत्रमा तीनवटा वियर गेटमध्ये एकको जडान र परीक्षण गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम, कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि ली, नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ तथा विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठलगायत सहभागी थिए ।

वियर गेट जलविद्युत आयोजनाको महत्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यसले नदीको पानीको बहाव नियन्त्रण गर्दै आवश्यक मात्रामा सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह स्थिर राख्ने र बढी पानीलाई सुरक्षित रूपमा नदीमा फर्काउने काम गर्छ। प्राविधिक मापदण्डअनुसार जडान तथा परीक्षण सफल भएपछि आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै सांसद मोहन आचार्यले प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको आयोजना समयमै सम्पन्न गर्न आफ्नो तर्फबाट सहयोग रहने बताए । उनले आयोजना प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा जीविकोपार्जन सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव पनि दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमले वियर गेट जडान सम्पन्न हुनु प्राविधिक दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउँदै आयोजनालाई समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय गर्ने जानकारी दिए ।

कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि लीले आयोजनालाई तोकिएको लागत र समयमै सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। उनले नेपाल जलविद्युत क्षेत्रमा लगानीका लागि अत्यन्तै सम्भावनायुक्त देश भएको उल्लेख गर्दै भविष्यमा थप लगानी विस्तार गर्ने संकेत पनि दिए ।

नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले यो आयोजना सम्पन्न भएपछि नेपाल–कोरिया ऊर्जा सहकार्य अझै मजबुत हुने बताए। उनले आयोजनाले नेपालको ऊर्जा उत्पादन, आपूर्ति सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट जडान सम्पन्न हुनु ठूलो प्राविधिक उपलब्धि भएको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष प्रतिबद्ध रहेको जानकारी दिए ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा संरचना निर्माण भइरहेको छ भने उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह निर्माण भइरहेको छ। उत्पादन हुने विद्युत आन्तरिक खपतका लागि प्रयोग गरिनेछ।

आयोजनाको मुख्य निर्माण कार्य सन् २०७८ पुसबाट सुरु भएको हो। हालसम्म ९.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भई कंक्रिट लाइनिङ भइरहेको छ। २९२ मिटर लामो ठाडो सुरुङ निर्माण कार्य पनि पूरा भइसकेको छ। विद्युतगृहको सिभिल संरचना सम्पन्न भइसकेको छ भने टर्वाइन र जेनेरेटर जडान लगायत इलेक्ट्रो–मेकानिकल काम जारी छ।

आयोजनाको समग्र भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको छ। उपकरण जडान कार्य सन् २०२६ डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ भने सम्पूर्ण आयोजना सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने योजना छ। सन् २०२४ र २०२५ मा आएको त्रिशूली नदीको बाढीका कारण केही ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

आयोजनाबाट वार्षिक करिब १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये करिब ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

काठमाडौँ नजिकको लोड सेन्टरमा रहेको र हिउँदमा समेत करिब १०४ मेगावाट स्थिर ऊर्जा उत्पादन गर्न सक्ने भएकाले यो आयोजना राष्ट्रिय ऊर्जा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

आयोजनाले स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सुधार, सांस्कृतिक संरक्षण, जीविकोपार्जन तथा रोजगारी सिर्जनामा सहयोग गर्दै आएको छ। हालसम्म करिब २३ करोड ६० लाख रुपैयाँभन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि खर्च गरिएको छ। साथै स्थानीयका लागि सीपमूलक तालिम तथा रोजगारी कार्यक्रम पनि सञ्चालनमा छन्।

Read More

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा १६.३५ प्रतिशत वृद्धि, डिजेल र पेट्रोल आयात बढ्यो

काठमाडौँ ।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार तथ्याङ्कअनुसार आयात मूल्य र परिमाण दुवैमा परिवर्तन देखिएको छ।

चालु आर्थिक वर्षको १० महिनामा कुल छ थरिका पेट्रोलियम पदार्थको आयात रू १ खर्ब ८१ अर्ब ७० करोड बराबर पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको १० महिनामा भने रू १ खर्ब ५६ अर्ब १७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम आयातबाट चालु आर्थिक वर्षको १० महिनामा रू ६७ अर्ब १९ करोड राजस्व संकलन भएको छ।

पेट्रोलियम आयात विवरण (१० महिनाको तुलनात्मक तथ्याङ्क)

इन्धन विवरणचालु आव मूल्य/परिमाणगत आव मूल्य/परिमाण
डिजेलरू १ खर्ब ५७ करोड मूल्य, ८ लाख ९५ हजार २४६ किलोलिटररू ७९ करोड ५७ करोड मूल्य, ९ लाख ८५७ किलोलिटर
पेट्रोलरू ३५ अर्ब ७९ करोड मूल्य, ३ लाख ९० हजार ६१५ किलोलिटररू ३१ अर्ब ७१ करोड मूल्य, ३ लाख ६७ हजार ३४४ किलोलिटर
एलपीजी ग्यासरू २५ अर्ब ५४ करोड मूल्य, २४ करोड २७ लाख ३ हजार १५० किलोग्रामरू ३० अर्ब २८ करोड मूल्य, २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम

तथ्याङ्कअनुसार डिजेल र पेट्रोलको आयातमा वृद्धि देखिए पनि एलपीजी ग्यासको आयातमा कमी आएको छ।

पेट्रोलियम आयातमा देखिएको समग्र वृद्धि आन्तरिक माग, उपभोग संरचना तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित रहेको सरोकारवाला निकायहरूले बताएका छन्।

Read More

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानी बारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवद्र्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायतका विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताए । विशेषगरी वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) तथा लगानीका सम्भावनाका कारण साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

अध्यक्ष अग्रवालले हाल नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै करिब ९ मिलियन डलर बराबरको आयात तथा १ मिलियन डलर बराबरको निर्यात भइरहेको बताउनुभयो । श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्ने उनको धारणा थियो ।

अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडीबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेको र नेपालमा साउदी लगानी विस्तार गर्न आग्रह समेत गरे ।

खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै उनले साउदी अरेबियाले हजारौं नेपाली युवालाई रोजगारी प्रदान गर्दै आएको बताए । निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात तथा लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको उनले जनाए ।

अध्यक्ष अग्रवालले साउदी अरेबियाको ‘भिजन २०३०’ कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना तथा क्युदिया जस्ता मेगा परियोजनाहरूमा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने धारणा उनले राखे ।

भेटका क्रममा राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको बताए । आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो । साउदी अरबमा पछिल्लो समय अन्तराष्र्टिय कम्पनीहरु भित्रने क्रम बढेको तथा विदेशी लगानी थप आकर्षित हुँदै गएको समेत उनले जानकारी गराए ।  

छलफलका क्रममा पश्चिम एसियाको विकसित परिस्थितिबारे समेत विचार आदानप्रदान भएको थियो । विशेषगरी त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए । राजदूत मिनकरले आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण अत्यन्तै सकारात्मक बन्दै गएको बताए । 

नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध श्रम सहकार्यबाट अघि बढ्दै व्यापार, पर्यटन, सुरक्षा, पूर्वाधार तथा लगानी सहकार्यासम्म विस्तार भएको छ । नेपालले सन् १९७८ मा रियादमा आफ्नो दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०२२ मा काठमाडौंमा दूतावास स्थापना गरेको हो ।

Read More

सुन तोलाको ५५ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५५ सयले घटेर तोलाको २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१५ रुपैयाँले घटेर ४८६५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०८० मा कारोबार भएको थियो ।

Read More

डिडिसीद्वारा दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले भुक्तानी पाउन बाँकी रहेका दूध किसानलाई १२ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ।

संस्थानका अनुसार पछिल्लो चार महिनायता किसानलाई दिन बाँकी करिब ५८ करोड रुपैयाँमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको हो।

कृषि, वन तथा वातावरण मन्त्रालय ले डिडिसी सुधारका लागि कार्ययोजना लागू गरेपछि किसानलाई दैनिक करिब एक करोड रुपैयाँका दरले भुक्तानी भइरहेको जनाएको छ।

हाल निजी डेरी उद्योगहरूले किसानलाई करिब तीन अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ भने डिडिसीको बक्यौता दायित्व अझै ४६ करोड रुपैयाँ रहेको बताइएको छ।

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ५०८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०६० मा कारोबार भएको थियो ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५१५० मा कारोबार भएको थियो ।

Read More

लुम्बिनी प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने अनुमान

काठमाडौँ । लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै २९.७६ प्रतिशत रहने अनुमान गरिएको छ । उद्योग क्षेत्रको योगदान १५.३२ प्रतिशत तथा सेवा क्षेत्रको योगदान ५४.९२ प्रतिशत रहने उल्लेख छ ।

जबकी राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८१/८२ मा भने आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

प्रतिवेदनले लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा उत्पादन र खेतीयोग्य क्षेत्रफलमा मिश्रित अवस्था देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रमुख खाद्य बालीले ढाकेको क्षेत्रफल ३.०१ प्रतिशतले घटेको छ भने उत्पादन २.०६ प्रतिशतले कमी आएको छ । पुस मसान्तसम्म फलफूल खेतीको क्षेत्रफल २४.३६ प्रतिशतले घटेको छ । तरकारी र मसलाबाली खेतीको क्षेत्रफल भने क्रमशः ८.३९ प्रतिशत र ९.२० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा तरकारी उत्पादन १८.९४ प्रतिशत तथा मसलाको उत्पादन १०.५८ प्रतिशतले बढेको छ । फलफूल उत्पादन भने २०.३९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । पशुपालनतर्फ अण्डा उत्पादन १२.२३ प्रतिशत, मासु उत्पादन ४.०४ प्रतिशत र माछा उत्पादन ३.९१ प्रतिशतले बढेको छ । दूध उत्पादन भने ०.३५ प्रतिशतले घटेको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन २४.४७ प्रतिशत, औषधिजन्य वस्तु उत्पादन १४.०६ प्रतिशत तथा अन्य वनजन्य उत्पादन ५४.३७ प्रतिशतले वृद्धि भएको छ । प्रदेशको कुल खेती गरिएको जमिनमध्ये ४५.०७ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.७९ प्रतिशतले घटेर ५० अर्ब ४२ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । उद्योग क्षेत्रतर्फ समीक्षा अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ५०.४४ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो क्षमता उपयोग ४६.५५ प्रतिशत रहेको थियो ।

यस अवधिमा बियर, तोरीको तेल, चामल, गहुँको पिठो, चाउचाउ, मदिरा, कागज, औषधि, प्लास्टिकका सामग्री, सिमेन्ट तथा फलामे छड उत्पादन बढेको छ । पशुदाना, प्लाइउड, रोजिन तथा बिजुलीको तार उत्पादन भने घटेको छ ।

लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा कुल कर्जाको २३.८६ प्रतिशत अर्थात् १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ प्रवाह गरेका छन् । सेवा क्षेत्रतर्फ पर्यटक आगमन १०.४५ प्रतिशतले घटेको छ भने होटलहरूको बसोबास दर १५.७४ प्रतिशतले कमी आएको छ ।

२०८२ पुस मसान्तसम्म प्रदेशभर क, ख, ग र घ वर्गका २ हजार १४८ वटा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा रहेका छन् । ती संस्थाबाट सङ्कलित कुल निक्षेप २१.४३ प्रतिशतले बढेको छ भने कुल कर्जा प्रवाह २.७२ प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा ३ खर्ब ९८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३.७० प्रतिशतले बढी हो । सहकारी क्षेत्रतर्फ बचत तथा ऋण सहकारी संस्थाहरूको कुल पूँजी ३.१५ प्रतिशत, कुल बचत ६.२६ प्रतिशत तथा कुल कर्जा प्रवाह ३.४१ प्रतिशतले बढेको छ ।

पूर्वाधार क्षेत्रतर्फ नारायणघाट–बुटवल सडक योजनाको पश्चिम खण्डमा ७५.४५ प्रतिशत भौतिक प्रगति भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६४.४६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४५.९ प्रतिशत तथा बबई सिँचाइ आयोजनाको प्रगति ७८.७४ प्रतिशत पुगेको जनाइएको छ ।

Read More

भारतमा यस महिनामा चौथो पटक बढ्यो इन्धनको मुल्य

काठमाडौँ । भारतमा पेट्रोल र डिजेलको मूल्य यस महिनामा चौथो पटक बढाइएको छ । 

तेल कम्पनीहरूले आज, पेट्रोलको मूल्य प्रति लिटर भारतीय रुपैयाँ (भारु)  २ रुपैयाँ ६१ पैसा र डिजेलको मूल्य भारु २ रुपैयाँ ७१ पैसा बढाएका छन् । यससँगै नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु १०२ रुपैयाँ १२ पैसा र डिजेलको मूल्य भारु ९५ रुपैयाँ २० पैसा पुगेको छ ।

यो मूल्यवृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावलाई मानिएको छ। इरान र अमेरिका बीच तनाव अघि कच्चा तेलको मूल्य करिब ७० अमेरिकी डलर प्रति ब्यारेल रहेकोमा अहिले बढेर १०० डलरभन्दा माथि पुगेको बताइएको छ।

कच्चा तेल महँगो भएपछि तेल कम्पनीहरू आर्थिक दबाबमा परेका छन्। घाटा कम गर्नका लागि मूल्य समायोजन गरिएको जनाइएको छ। यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य लामो समय उच्च रहिरहेमा पेट्रोल र डिजेल अझै महँगिन सक्ने अनुमान गरिएको छ।

भारतमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको कच्चा तेल र विदेशी मुद्रासँग भारतीय रुपैयाँको विनिमय दरका आधारमा तय हुन्छ । सरकारी तेल कम्पनीहरूले ‘दैनिक मूल्य समायोजन’ प्रणालीअनुसार हरेक बिहान ६ बजे नयाँ दर सार्वजनिक गर्छन् ।

उपभोक्तासम्म पुग्दा पेट्रोल र डिजेलको मूल्यमा विभिन्न कर र खर्च जोडिन्छन्।

पहिलो, कच्चा तेलको आधार मूल्य। भारतले आफ्नो आवश्यकता अनुसार करिब ९० प्रतिशत कच्चा तेल आयात गर्छ। दोस्रो, रिफाइनरी खर्च र कम्पनीको मार्जिन, जहाँ कच्चा तेललाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ बनाइन्छ । तेस्रो, केन्द्र सरकारले लगाउने उत्पाद शुल्क र सडक कर । चौथो, डिलर कमिसन, जुन खुद्रा बिक्रेतालाई दिइन्छ । पाँचौँ, राज्य सरकारले लगाउने मूल्य अभिवृद्धि कर, जसका कारण विभिन्न शहरमा इन्धनको मूल्य फरक–फरक हुने गर्छ ।

Read More