२०८३ जेष्ठ १३

डिडिसीद्वारा दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले भुक्तानी पाउन बाँकी रहेका दूध किसानलाई १२ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ।

संस्थानका अनुसार पछिल्लो चार महिनायता किसानलाई दिन बाँकी करिब ५८ करोड रुपैयाँमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको हो।

कृषि, वन तथा वातावरण मन्त्रालय ले डिडिसी सुधारका लागि कार्ययोजना लागू गरेपछि किसानलाई दैनिक करिब एक करोड रुपैयाँका दरले भुक्तानी भइरहेको जनाएको छ।

हाल निजी डेरी उद्योगहरूले किसानलाई करिब तीन अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ भने डिडिसीको बक्यौता दायित्व अझै ४६ करोड रुपैयाँ रहेको बताइएको छ।