२०८३ असार २

समसामयिक राजनीतिक छलफलका लागि कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेस ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक बिहीबार बिहान ११:३० बजे बस्ने तय गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।

दलका नेता भीष्मराज आङदेम्बे को आह्वानमा बोलाइएको बैठकमा पार्टीका सबै संघीय सांसदलाई उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको भए पनि औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन।