२०८३ श्रावण १३

स्वर्णलक्ष्मी सहकारी प्रकरण: तारेख बुझ्न रवि लामिछाने अदालत उपस्थित

काठमाडौँ । रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा तारेख बुझ्न अदालत पुगेका हुन्, अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।

अदालतले उनको अर्को पेशी असार ११ गतेका लागि तोकेको छ। सो मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।