२०८३ आश्विन १

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५  रुपैयाँले घटेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०८५  मा कारोबार भएको थियो ।

Read More

धितोपत्र बोर्डको अध्यक्षका लागि छानियो चार जना

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना सर्टलिस्ट गरिएको छ ।

समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो।

समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको जनाएको छ ।

सिफारिस समितिले चारै जनासँग आगामी शुक्रबार छलफल गर्ने जनाएको छ ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५  रुपैयाँले बढेर ५०८५  मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४०  मा कारोबार भएको थियो ।

Read More

शंकास्पद गतिविधिमा संलग्न जापानी नागरिक अध्यागमनको नियन्त्रणमा

काठमाडौँ । भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।

विभागका अनुसार ती नागरिक सन् २०१२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । उनले अनुमति बिना लामो समयसम्म व्यवसाय सञ्चालन गरेको, कर नतिरेको तथा भिसा नियम उल्लङ्घन गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनले पोखरामा दर्ता गरेर रेष्टुरेन्ट सञ्चालन गरेको र पछिल्ला वर्षमा ललितपुरको झम्सिखेलमा कफी सपसमेत दर्ता बिना सञ्चालन गरेको आरोप छ । सम्बन्धित निकायमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरेको पनि विभागले जनाएको छ ।

नेपाली महिलासँग विवाह गरेका र नेपाली भाषा बोल्न सक्ने ती नागरिकले पर्यटक भिसाको सट्टा व्यावसायिक वा श्रम भिसा लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरेको विभागको भनाइ छ ।

अध्यागमन कानुन अनुसार भिसा नियम उल्लङ्घन गर्ने विदेशी नागरिकलाई जरिवाना वा देश निकाला गर्न सकिने व्यवस्था रहेको छ । विभागले आवश्यक अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइने जनाएको छ ।

Read More

प्राधिकरणका कानुनी सल्लाहकारमाथि छानबिनको तयारी, सर्वोच्चमा झुठा विवरण दिएको आरोप

काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) ले आफ्ना कानुनी सल्लाहकार काशीनाथ अर्यालसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ । सर्वोच्च अदालतमा दायर अदालत अवहेलना मुद्दामा तथ्यहीन र भ्रामक लिखित जवाफ पेश गरेको आरोपपछि प्राधिकरणभित्रै उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।

टोखा नगरपालिका–११ स्थित महादेव खोला करिडोर क्षेत्रमा गत चैत ११ गते डोजर चलाइएको विषयलाई लिएर सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको थियो । अदालतले निजी भोगचलनमा रहेको जग्गामा डोजर नचलाउन अन्तरिम आदेश दिएको अवस्थामा पनि प्राधिकरणले संरचना हटाएको भन्दै स्थानीय जग्गाधनी अदालत पुगेका थिए ।

मुद्दाको लिखित जवाफ तयार गर्ने क्रममा अर्यालले प्रतिवादी नै नरहेका कानुन अधिकृतको नेतृत्वमा डोजर चलाइएको उल्लेख गर्दै गलत विवरण पेश गरेको आरोप लागेको छ । यही विषयलाई लिएर प्राधिकरणले उनीसँग स्पष्टीकरण माग्ने तयारी गरेको बताइएको छ ।

अर्याल यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका थिए । सार्वजनिक जग्गा, अवैध प्लटिङ र स्वार्थ बाझिने निर्णयमा कानुनी राय दिएको आरोप उनीमाथि लाग्दै आएको छ । प्राधिकरणभित्र यस विषयमा थप छानबिन र कारबाहीबारे छलफल भइरहेको जनाइएको छ ।

Read More

बिपी राजमार्ग पुनःनिर्माण अघि बढ्दै: जोखिमयुक्त क्षेत्रमा पर्खाल निर्माण,वर्षाअघि संरचना तयार गर्ने लक्ष्य

काठमाडौँ । लगातारको वर्षा रोकिएपछि बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण कार्यले गति लिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार केही दिनयता मौसम अनुकूल बनेपछि निर्माण कार्य सहज र तीव्र रूपमा अघि बढिरहेको छ ।

पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने महत्वपूर्ण राजमार्गअन्तर्गत हाल चारसयबेँसी, बोक्सेकुना लगायत तीन स्थानमा पुनःनिर्माण भइरहेको छ । केही स्थानमा पुरानै सडक प्रयोग गरेर सवारी सञ्चालन गरिए पनि जोखिमलाई ध्यानमा राख्दै राति ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ ।

कार्यालयका प्रमुख सुमन योगेशका अनुसार जोखिमयुक्त क्षेत्रमा आरसीसी र प्लम पर्खाल निर्माण भइरहेको छ । यस वर्ष वर्षाअघि नै मुख्य संरचना तयार गरी यातायात सञ्चालन सहज बनाउने लक्ष्य राखिएको उनले बताए ।

गत वर्षको बाढीपहिरोले काभ्रे र सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो । हाल तीन सडकखण्डमा करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनःनिर्माण हुँदैछ ।

पुनःनिर्माणसँगै बिपी राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना पनि अघि बढाइएको छ । नयाँ पुल निर्माणसहित सडकलाई थप सुरक्षित र दिगो बनाउने तयारी सरकारको छ ।

Read More

म्याग्दी नदीको कटान रोक्न बेनीमा १६५ मिटर पर्खाल निर्माण

काठमाडौँ । म्याग्दीको बेनी बजारलाई बाढी र नदी कटानबाट सुरक्षित बनाउन म्याग्दी नदी किनारमा नदी नियन्त्रण योजना अन्तर्गत पक्की पर्खाल निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पछाडिको दरवाङ बसपार्क क्षेत्र आसपास बग्ने नदी किनारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत सञ्चालन गरिएको उक्त योजनाको निर्माण जिम्मा रुपल–सुप्रिम कन्स्ट्रक्सनले लिएको थियो । चार करोड २१ लाख रुपैयाँभन्दा बढी लागतमा सुरु गरिएको काम निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार भुइँतर्फ चार मिटर चौडाइ र तीन मिटर उचाइको कङ्क्रिट संरचना निर्माण गरी माथिल्लो भागमा ग्याबिन पर्खाल लगाइएको छ ।

बेनी बजार संरक्षण कार्यक्रम अन्तर्गत संघीय सरकारले विगत एक दशकदेखि म्याग्दी र कालीगण्डकी नदीको कटान जोखिम कम गर्न विभिन्न स्थानमा नदी नियन्त्रणका काम गर्दै आएको छ । यसअघि मङ्गलाघाट, न्युरोड र कालीपुल क्षेत्रमा समेत करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण भइसकेको छ ।

Read More

सुन तोलाको ८ सयले बढ्यो, चाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०  रुपैयाँले घटेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०६०  मा कारोबार भएको थियो ।

Read More

बक्यौता असुलीदेखि बजार अनुगमनसम्म : हेटौँडा राजस्व कार्यालयको राजस्व उकालो

काठमाडौं । आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै झण्डै रु ६ अर्ब राजस्व सङ्कलन गरेको छ। कार्यालयले बक्यौता असुली र बजार अनुगमनलाई आक्रामक रूपमा अघि बढाएपछि राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा रु ३४ करोड २१ लाख २४ हजार बढी राजस्व सङ्कलन भएको छ। वैशाख मसान्तसम्म कार्यालयले कुल रु ५ अर्ब ९२ करोड ६४ लाख राजस्व उठाएको जनाएको छ।

शीर्षकअनुसार राजस्व सङ्कलन विवरण

राजस्व शीर्षकसङ्कलित रकम
अन्तःशुल्करु ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार
आयकररु १ अर्ब २ करोड ४ लाख ९६ हजार
मूल्य अभिवृद्धि कर (VAT)रु ८२ करोड ७१ लाख ५२ हजार
स्वास्थ्य जोखिम कररु ५१ करोड ९२ लाख ५९ हजार
ब्याज कररु ६ करोड ८३ लाख ७७ हजार
बहाल कररु १ करोड ५९ लाख ८८ हजार

कार्यालयले चालु आर्थिक वर्षमा कुल रु ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको छ।

प्रमुख सुवेदीका अनुसार करदाताको घरदैलोमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, साथै कर छुटसम्बन्धी जानकारीमूलक अभियान सञ्चालन गर्ने रणनीतिले सकारात्मक परिणाम दिएको छ। यिनै अभियानमार्फत मात्रै रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली गरिएको उनले बताए।

Read More

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । वैशाख ३१ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ ।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातानाधहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो ।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो । उक्त केन्द्रमा सवारी प्रदश न, टेस्ट राईड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।

शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टाफचर सम्बन्धी परामर्श पनि प्राप्त गन सक्नेछन् ।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिाबिम्बत गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएिक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भन्नुभयो, “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अक महत्वपूर्ण कदम चालिरहेका छौं । चेतक ईभी परम्परा, नवप्रवर्तन र दौनक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो । यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महसुस र्ग सक्ने विश्वास लिएका छौं ।”

बजाज चेतकको बारेमाः
बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे जगतमा एक अग्रगामी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्माट कनेक्टिभिटीसँग जोडेकोछ । क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको संगम रहेको यो स्कुटर नेपाली बजारमा सबैभन्दा भरपर्दो इलेक्ट्रिक स्कुटरहरूमध्ये एकको रूपमा स्थापित छ ।

Read More