२०८३ श्रावण ११

एचआईभी/एड्स नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि चुनौती कायमै : संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एचआईभी/एड्स महामारी अन्त्य गर्न विश्वव्यापी रूपमा अझ सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत आयोजित एचआईभी/एड्ससम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले महामारीविरुद्धका प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका हुन्।

महासचिवको तर्फबाट उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले प्रस्तुत गरेको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा एड्ससम्बन्धी मृत्यु दर उल्लेखनीय रूपमा घटेको छ। सन् २००४ को तुलनामा मृत्यु ७० प्रतिशतले र सन् २०१० को तुलनामा ५४ प्रतिशतले घटेको छ।

त्यसैगरी नयाँ संक्रमणदर ४० प्रतिशतले कमी आएको तथा हाल विश्वभर ३ करोड २० लाखभन्दा बढी संक्रमितले जीवनरक्षक एन्टिरेट्रोभाइरल उपचार पाइरहेका छन्।

यद्यपि संयुक्त राष्ट्रसंघले एचआईभी/एड्सको चुनौती अझै अन्त्य नभएको भन्दै सतर्क रहन आग्रह गरेको छ। सामाजिक असमानता, डर र विभेदले नियन्त्रण प्रयासलाई अझै कठिन बनाइरहेको उल्लेख गरिएको छ।

महासचिवको सन्देशमा स्थानीयदेखि विश्वव्यापी तहसम्म समन्वित प्रयासमार्फत मात्र दीर्घकालीन रूपमा महामारी अन्त्य सम्भव हुने स्पष्ट पारिएको छ।

Read More

बर्ड फ्लु फैलावटले ११ जिल्ला प्रभावित : ८२ स्थानमा संक्रमण, लाखौं पन्छी नष्ट : उच्च सतर्कता जारी

काठमाडौं । देशभर चरा तथा पन्छीहरूमा देखिने अत्यन्त संक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ को फैलावट चिन्ताजनक बन्दै गएको छ। पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ भन्दा बढी स्थानमा संक्रमण पुष्टि भइसकेको छ, जसले पशुपन्छी क्षेत्रमै गम्भीर जोखिम उत्पन्न गरेको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङमा पहिलोपटक देखिएको संक्रमण क्रमशः फैलिँदै अहिले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लासम्म पुगेको छ।

संक्रमण नियन्त्रणका लागि हालसम्म प्रभावित क्षेत्रमा ठूलो मात्रामा पन्छी तथा उत्पादन नष्ट गरिएको छ। विभागका अनुसार ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी, ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा तथा १ लाख ९५ हजार ४ सय ८५ किलो दाना नष्ट गरिएको छ, जसले आर्थिक क्षति समेत बढाएको छ।

कोशी प्रदेशमा संक्रमण नियन्त्रणका लागि एक महिनासम्म पन्छी ओसारपसारमा रोक लगाइएको थियो। हाल रोग नियन्त्रणमा आएको भन्दै उक्त प्रतिबन्ध केही खुकुलो बनाइएको छ। यद्यपि अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छी नष्ट गर्न पशु क्वारेन्टाइन कार्यालयले गस्ती तथा निगरानी कडा बनाएको जनाएको छ।

हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको बताइए पनि काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रेका केही स्थानमा अझै पनि संक्रमण देखिएको छ।

पशु स्वास्थ्य विज्ञहरूले बर्ड फ्लु पुनः फैलिन सक्ने जोखिम कायम रहेकाले कुखुरा पालन, ओसारपसार र बजार व्यवस्थापनमा अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, संक्रमण रोकथामका लागि तत्काल प्रभावकारी नियन्त्रण र निरन्तर निगरानी अपरिहार्य रहेको बताएका छन्।

Read More

रेबिज संक्रमणका कारण चन्द्रागिरिमा एक व्यक्तिको मृत्यु, खोप नलगाएको पुष्टि

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। संक्रमणपछि उनलाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो, जहाँ शनिबार ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्यकर्मीहरूका अनुसार उनलाई केही हप्ताअघि कुकुरले टोकेको थियो, तर उनले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको छ। प्रारम्भिक रूपमा स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले अवस्थालाई गम्भीर रूपमा नलिएको कारण उपचारमा ढिलाइ भएको बताइएको छ।

एक स्वास्थ्यकर्मीले आफन्तको भनाइ उद्धृत गर्दै सानो कुकुरको टोकाइ भएकाले खोप आवश्यक नठानिएको जानकारी दिए। उनका अनुसार समयमै नजिकैको स्वास्थ्य संस्थामा खोप उपलब्ध भएको भए ज्यान जोगिन सक्ने सम्भावना थियो।

यसैबीच, सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोपको आपूर्ति अभावबारे पनि चर्चा भइरहेका छन्। केही स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले नाम नखुलाउने शर्तमा यस विषयमा औपचारिक रूपमा सूचना सार्वजनिक गर्नमा संवेदनशीलता अपनाइएको बताउने गरेका छन्।

Read More

वीरगञ्जमा हिमोफिलिया उपचार केन्द्र सञ्चालनमा

काठमाडौँ ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ।

हिमोफिलिया सोसाइटी नेपाल र नारायणी अस्पतालको सहकार्यमा आइतबारदेखि सेवा सुरु गरिएको हो। सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यस केन्द्रले अस्पतालमा उपचाररत करिब ४० जना हिमोफिलिया बिरामीलाई सहज सेवा प्रदान गर्नेछ। आवश्यक औषधि पनि सोसाइटीले उपलब्ध गराएको जनाइएको छ।

साथै, स्वास्थ्यकर्मीलाई रोग पहिचान, उपचार, व्यवस्थापन तथा आवश्यक ‘क्लोटिङ फ्याक्टर’ प्रयोगसम्बन्धी व्यवहारिक तालिमसमेत दिइएको छ।

यस केन्द्र सञ्चालनसँगै पर्सा, बारा, रौतहट, सिरहा लगायत मधेस प्रदेशका बिरामीले अब आफ्नै प्रदेशमै उपचार सेवा पाउने भएका छन्। यसअघि धेरै बिरामी उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो।

नेपालमा करिब ३ हजार हिमोफिलिया बिरामी रहेको अनुमान गरिए पनि हालसम्म करिब ७५० जना मात्र औपचारिक सम्पर्कमा आएको सोसाइटीले जनाएको छ। रोगबारे जनचेतना कम हुँदा धेरै बिरामी अझै पहिचान बाहिर रहेको बताइएको छ।

हिमोफिलिया रगत जमाउने प्रक्रियामा आवश्यक प्रोटिनको कमीका कारण हुने वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो, जसले चोटपटक लाग्दा लामो समयसम्म रक्तस्राव हुने समस्या निम्त्याउँछ।

Read More

क्यान्सर र स्नायु उपचारमा आधुनिक प्रविधिबारे एपोलो अस्पतालको जानकारी, काठमाडौंमा अन्तर्क्रिया

काठमाडौं । भारतको प्रतिष्ठित एपोलो अस्पतालले क्यान्सर सर्जरी तथा स्नायु (न्युरो) उपचारका क्षेत्रमा विकसित भएका नवीनतम चिकित्सा प्रविधिबारे जानकारी दिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपीबी) सर्जिकल अंकोलोजीका प्रमुख कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्युरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक शरद काले तथा न्युरोसर्जरी र न्युरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले आधुनिक उपचार विधिबारे विस्तृत छलफल गरेका थिए।

कार्यक्रममा डा. कालेले ब्रेन ट्युमरको उपचारमा प्रारम्भिक पहिचान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै लगातार टाउको दुख्ने, कारणबिनै बान्ता हुने, दृष्टि धमिलो वा दोहोरो हुने, छारे रोगजस्तो कम्पन आउने तथा हातखुट्टा कमजोर हुने जस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञको परामर्श लिन सुझाव दिए।

उनका अनुसार न्युरोनेभिगेसन, सर्जिकल माइक्रोस्कोप, क्युसा प्रणाली तथा मिनिमली इन्भेसिभ इन्डोस्कोपिक प्रविधिले स्वस्थ मस्तिष्कका तन्तुमा न्यून क्षति पुर्‍याउँदै ट्युमर हटाउन सहयोग गरिरहेका छन्।

त्यसैगरी, स्टेरियोट्याक्टिक रेडियोसर्जरी (ज्याप–एक्स) जस्ता प्रविधिले निश्चित प्रकारका ब्रेन ट्युमरको उपचार शल्यक्रिया बिना नै सम्भव बनाउँदै गएको पनि उनले बताए।

Read More

एमडीएच फार्मास्युटिकल्सलाई युरोपमा ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ । नेपाली औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रिय स्तरको ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ। कम्पनीले यो अवार्ड पहिलो पटक हासिल गरेको हो।

युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो। दाहाल नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष पनि हुन्।

एमडीएच फार्मास्युटिकल्सले नेपालमै पहिलो पटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ, जुन दम, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा प्रयोग हुन्छ।

अवार्ड प्राप्तपछि प्रतिक्रिया दिँदै सीईओ दाहालले नेपाली औषधि उद्योगले अन्तर्राष्ट्रिय मान्यता पाउनु गर्वको विषय भएको बताए।

कम्पनीले मानव तथा पशु स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको छ।

Read More

निःशुल्क स्वास्थ्य पोर्टलबाट १,२०० भन्दा बढी विपन्न नागरिक लाभान्वित

काठमाडौँ । विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत सेवा लिनेको संख्या १,२०० नाघेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टल सुरु भएपछि लक्षित वर्गका नागरिकले निःशुल्क उपचार सेवाबारे जानकारी प्राप्त गर्न र त्यसको उपयोग गर्न थालेका छन्।

मन्त्रालयले गत वैशाख ३ गतेदेखि देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शैय्या तथा सेवासम्बन्धी विवरण सार्वजनिक गर्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको थियो। संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको मन्त्रालयको भनाइ छ।

पोर्टलमा उपलब्ध पछिल्लो विवरणअनुसार देशभरका अस्पतालमा हाल २३ हजार ४५६ शैय्या उपलब्ध छन्। कानुनी व्यवस्थाअनुसार तीमध्ये १० प्रतिशत अर्थात् २ हजार ३५६ शैय्या विपन्न, असहाय तथा लक्षित वर्गका बिरामीका लागि निःशुल्क छुट्याइएको छ।

हाल निःशुल्क शैय्यामध्ये ३५४ शैय्यामा बिरामी उपचाररत छन् भने बाँकी २ हजार २ शैय्या तत्काल प्रयोगका लागि उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। पोर्टलमार्फत देशभरका अस्पतालमा उपलब्ध शैय्या, निःशुल्क कोटा, प्रयोगमा रहेका शैय्या तथा खाली रहेका शैय्याको अद्यावधिक विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानूनले व्यवस्था गरेका स्वास्थ्य सुविधाबाट विपन्न नागरिकलाई वास्तविक रूपमा लाभान्वित गराउने लक्ष्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार विगतमा निःशुल्क उपचारसम्बन्धी सूचना सहज रूपमा उपलब्ध नहुँदा लक्षित वर्गले पाउनुपर्ने सुविधा प्राप्त गर्न कठिनाइ हुने गरेको थियो।

मन्त्रालयले आगामी दिनमा अस्पतालहरूले उपलब्ध गराउने अन्य स्वास्थ्य सेवासम्बन्धी विवरण पनि पोर्टलमा समावेश गर्ने तयारी गरेको जनाएको छ। यसले सेवा प्रवाहलाई थप पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार निःशुल्क उपचार व्यवस्थालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक कार्यविधि तथा डिजिटल प्रणाली विकास गरिएको हो। यसले सेवा प्राप्त गर्ने नागरिक र सेवा उपलब्ध गराउने अस्पताल दुवैलाई स्पष्ट मापदण्डअनुसार काम गर्न सहज बनाएको उनले बताए।

Read More

स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि ९१ करोड रुपैयाँ निकासा प्रक्रिया अघि बढाइयो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसअघि गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकका लागि औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

सरकारले विगत आर्थिक वर्षदेखि संचित रहेका स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी बक्यौता भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन तथा भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता नियमित रूपमा फर्छ्यौट गर्दै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास सुदृढ गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

Read More

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् तथा प्रमुख स्वास्थ्य निकायका रिक्त पदमा आवेदन आह्वान

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् तथा महत्वपूर्ण राष्ट्रिय स्वास्थ्य निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न परिषद् तथा स्वास्थ्य संस्थाहरूमा नेतृत्व तहका रिक्त पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य तथा सदस्य–सचिव, र नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।

त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी स्वास्थ्य क्षेत्रका दुई प्रमुख संस्थाहरू शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि पनि मन्त्रालयले इच्छुक तथा योग्य उम्मेदवारहरूलाई दरखास्त पेस गर्न आग्रह गरेको छ।

Read More

वीर अस्पतालद्वारा २४ घण्टा ड्युटी गरेका आवासीय चिकित्सकलाई अनिवार्य छुट्टी दिने परिपत्र

काठमाडौँ ।  वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सकलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिनुपर्ने व्यवस्था गर्दै परिपत्र जारी गरेको छ।

अस्पताल प्रशासनले आज जारी गरेको परिपत्रमार्फत रेजिडेन्ट चिकित्सकहरूको कार्य समयलाई व्यवस्थित गर्दै बिहानको वार्ड राउन्डपछि उनीहरूलाई अनिवार्य विश्राम दिन निर्देशन दिएको हो।

यसअघि प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)हरूले नेपालको श्रम ऐन, २०७४ अनुसार दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काम गराउन नपाइने तथा हप्तामा एक दिन अनिवार्य बिदा दिनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए।

उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने मागसमेत राख्दै आएका छन्।

Read More