आज आषाढ कृष्णपक्षको एकादशी तिथि परेको छ। दिनभर भरणी नक्षत्रको प्रभाव रहनेछ भने बिहान १०ः०२ बजेदेखि कृत्तिका नक्षत्र प्रारम्भ हुनेछ। चन्द्रमा प्रारम्भमा मेष राशिमा रहनेछ र अपराह्न ३ः४१ बजेदेखि वृष राशिमा प्रवेश गर्नेछ।
मेष (Aries)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ज्ञान, कला तथा व्यक्तित्वमा निखार आउने दिन छ। मेहनतअनुसार नाम, दाम र सम्मान प्राप्त हुने सम्भावना रहेको छ। पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। आकर्षक उपहार वा शुभ समाचारले उत्साह बढाउनेछ। साँझतिर अनावश्यक खर्च बढ्न सक्छ। अरूको भर पर्दा आफ्नै फाइदा गुम्न सक्ने भएकाले शुभचिन्तकको सुझावलाई ध्यानमा राखेर निर्णय गर्नु उपयुक्त हुनेछ।
वृष (Taurus)
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आकस्मिक खर्च बढ्ने र आम्दानी अपेक्षाकृत कम रहने संकेत छ। व्यवसाय विस्तारका लागि थप लगानी गर्नुपर्ने अवस्था आउन सक्छ। कुनै काम सफल बनाउन दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ। टाढाको यात्रा खर्चिलो र केही कष्टकर बन्न सक्छ। स्वास्थ्यका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुहोस्। साँझपछि नयाँ योजना सुरु गर्न अनुकूल समय रहनेछ। आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ।
मिथुन (Gemini)
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार, साझेदारी तथा लगानीसम्बन्धी कार्यमा लाभ मिल्ने सम्भावना छ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ र आम्दानीमा वृद्धि हुनेछ। रोकिएका काम सम्पन्न हुनेछन् भने जिम्मेवारी पनि बढ्नेछ। साँझतिर अवसरका लागि केही दौडधुप गर्नुपर्ने हुन सक्छ। व्यवसायमा थप लगानी आवश्यक पर्न सक्छ। आकस्मिक समस्यामा समय खर्चिनुपर्ने तथा आफ्नो हिस्सामाथि अरूले दाबी गर्न सक्ने सम्भावना देखिन्छ।
कर्कट (Cancer)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम सुरु गर्ने वातावरण बन्नेछ। विगतमा रोकिएका काम पनि सम्पन्न हुने सम्भावना छ। निरन्तरको मेहनतले लक्ष्य हासिल गर्न सकिनेछ। कर्मअनुसार प्रतिष्ठा, आर्थिक लाभ र सम्मान प्राप्त हुनेछ। दिगो योजनाको आधार तयार गर्ने अवसर मिल्नेछ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पुराना कामबाट पनि राम्रो लाभ प्राप्त हुनेछ र व्यवसायमा सफलता मिल्ने संकेत छ।
सिंह (Leo)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिकूल परिस्थितिका कारण मानसिक चिन्ता बढ्न सक्छ। अरूका लागि समय, धन र श्रम खर्चिनुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउन खोज्नेहरू सक्रिय रहने भएकाले सतर्क रहनु आवश्यक छ। नयाँ योजना कार्यान्वयनमा केही ढिलाइ हुन सक्छ। महत्त्वपूर्ण योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ। साँझतिर कामको चाप बढ्ने र अपेक्षित लाभ कम हुन सक्छ।
कन्या (Virgo)
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा आएको सामान्य समस्याले काममा असर पुर्याउन सक्छ। खर्च र चुनौती बढ्ने भएकाले सजग रहनु आवश्यक छ। अवसरवादी व्यक्तिबाट सतर्क रहनुहोस्। अपरिचित व्यक्तिमाथि सहजै विश्वास गर्दा धोका हुन सक्छ। साँझतिर केही उपलब्धि हात लागे पनि काम पूरा गर्न समय लाग्नेछ। परिस्थितिका कारण अतिरिक्त खर्च र श्रम गर्नुपर्ने अवस्था आउन सक्छ।
तुला (Libra)
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनसँग सुखद भेटघाट हुनेछ। खानपान, मनोरञ्जन तथा सामाजिक गतिविधिमा रमाउने अवसर मिल्नेछ। प्रेम सम्बन्ध र मित्रता अझ सुदृढ बन्नेछ। व्यापार–व्यवसायमा राम्रो आम्दानी हुने संकेत छ। साँझतिर स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस्। समयमै सचेत नभए आफ्ना उपलब्धिमा अरूले लाभ उठाउन सक्छन्।
वृश्चिक (Scorpio)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौतीपूर्ण जिम्मेवारी आए पनि विवेकपूर्ण निर्णयले सफलता दिलाउनेछ। केही खर्च भए पनि महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। प्रतिस्पर्धी र स्वास्थ्यसम्बन्धी समस्यामाथि विजय प्राप्त गर्न सकिनेछ। व्यापार विस्तार र यात्राको अवसर मिल्न सक्छ। साँझतिर प्रियजनसँग भेटघाट, सम्मान तथा आफन्तको सहयोग प्राप्त हुनेछ। अनावश्यक विवादबाट टाढा रहँदा राम्रो हुनेछ।
धनु (Sagittarius)
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कामको तालमेल नमिल्दा केही अन्योल उत्पन्न हुन सक्छ। समयको सही उपयोग नगर्दा दुःख पाउने सम्भावना छ। स्वास्थ्यका लागि नियमित व्यायाम र सन्तुलित खानपान आवश्यक हुनेछ। व्यवसायमा अपेक्षित नतिजा तत्काल प्राप्त नहुन सक्छ। साँझतिर आफ्नो क्षेत्रमा अरूको हस्तक्षेप हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। खर्च बढ्ने र चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।
मकर (Capricorn)
(भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
काममा अवरोध सिर्जना गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन्। हतारमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साझेदारीमा असमझदारी बढ्ने सम्भावना छ। रोकिएका काममा पुनः प्रयास आवश्यक हुनेछ। अरूको सुझावभन्दा परिवारको सहयोग उपयोगी हुनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नु बुद्धिमानी हुनेछ। मेहनतले भविष्यमा राम्रो प्रतिफल दिनेछ, त्यसैले हतारमा निर्णय नगर्नुहोस्।
कुम्भ (Aquarius)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेवारी बढे पनि आवश्यक सावधानी नअपनाउँदा चुनौती आउन सक्छ। काममा प्रतिस्पर्धा बढ्ने भए पनि व्यवसायमा राम्रो लाभ हुने संकेत छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नु उपयुक्त हुनेछ। साँझतिर अवसरवादी व्यक्तिबाट सतर्क रहनुहोस्। योजना बिना काम सुरु गर्दा समस्या आउन सक्छ। प्रतिस्पर्धीलाई कमजोर आँक्ने गल्ती नगर्नुहोस्।
मीन (Pisces)
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन सक्छ। अनावश्यक खर्च बढ्ने संकेत छ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा समस्या आउन सक्छ। विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ। अनावश्यक किनमेलले खर्च बढाउन सक्छ। साँझतिर नयाँ योजनातर्फ अग्रसर हुने अवसर मिल्नेछ, तर आफ्नो क्षेत्रमा अरूको हस्तक्षेप हुन सक्ने भएकाले धैर्य र सावधानी आवश्यक हुनेछ।
Read More