२०८३ श्रावण १२

शक्तिशाली ब्याट्री र 120Hz डिस्प्लेसहित रेडमी A7 Pro सार्वजनिक

काठमाडौँ । शाओमी नेपाल ले नेपाली बजारमा नयाँ स्मार्टफोन Redmi A7 Pro सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र स्मूथ परफर्मेन्सका कारण यो फोन बजेट सेग्मेन्टका प्रयोगकर्तामाझ उपयुक्त विकल्प बन्ने कम्पनीको दाबी छ ।

फोनमा ६.९ इन्चको एचडी डिस्प्ले, १२०Hz रिफ्रेस रेट र ८०० निट्स ब्राइटनेस दिइएको छ, जसले घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । ६०००mAh ब्याट्री र १५W फास्ट चार्जिङ सपोर्टका कारण लामो समयसम्म फोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । फोटोग्राफीका लागि यसमा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा तथा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । नाइट मोड र Wet Touch Technology 2.0 जस्ता फिचरले फोनलाई अझ प्रयोगमैत्री बनाएको छ ।

यो स्मार्टफोन १२nm प्रोसेसरबाट सञ्चालित छ भने Xiaomi HyperOS र UFS स्टोरेज प्रविधिले मल्टिटास्किङ तथा एप सञ्चालनलाई सहज बनाउने बताइएको छ ।

सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक रंगमा उपलब्ध रेडमी A7 Pro को ४GB र्याम र ६४GB स्टोरेज भेरियन्टको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले फोनमा २ वर्षको वारेन्टी पनि उपलब्ध गराएको जनाएको छ ।