काठमाडौं। नेपाल बैंक र बि एण्ड बि हस्पिटल बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ललितपुरको ग्वार्कोस्थित B&B हस्पिटलमा उपचार गर्दा अस्पतालले निर्धारण गरेका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा लागू हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र B&B हस्पिटलका प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
बैंकका अनुसार यस सहकार्यबाट ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउने छन ।



