२०८३ आश्विन १

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष श्रेष्ठलाई

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ।

महानगरको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोललाई कान्स फिल्म फेस्टिभलमा सहभागी हुन स्वीकृति दिएपछि उनको अनुपस्थितिमा ज्येष्ठताका आधारमा श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो।

डंगोल आइतबार बेलुका विदेश प्रस्थान गरेपछि उनी फर्किन्जेलसम्म महानगरको कार्यकारी जिम्मेवारी श्रेष्ठले सम्हाल्नेछन्।

काठमाडौं महानगरका निर्वाचित प्रमुख बालेनले यसअघि मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका थिए। हाल उनी प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।