२०८३ असार ११

रास्वपाको प्रथम महाधिवेशनमा मतदान जारी, ९९ पदका लागि प्रतिस्पर्धा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि मतदान जारी रहेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ। असार ७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत हिजो मध्यरातबाट मतदान प्रारम्भ भएको हो, जुन आज बिहान १० बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचनमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।