काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।
निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गतका सबै सदस्यता अधिकार गुमाएको छ। अब निलम्बन कायम रहँदासम्म एन्फाका टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।
त्यसैगरी एन्फा तथा त्यससँग सम्बन्धित पदाधिकारी वा सदस्यहरूले फिफा र एएफसीद्वारा सञ्चालन हुने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा समेत सहभागिता जनाउन नपाउने भएका छन्।
फिफाले आवश्यक परेमा फिफा काउन्सिल वा कंग्रेसको बैठकअघि नै यो निलम्बन फुकुवा गर्न सकिने व्यवस्था रहेको जनाएको छ।




