काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा क्यानडाले ऐतिहासिक सफलता हात पारेको छ। दक्षिण अफ्रिकामाथि १–० को कठिन जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा पुगेको हो।
अमेरिकाको लस एन्जलसमा सम्पन्न पहिलो नकआउट खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा स्टेफेन युस्टाकियोले गरेको गोल नै क्यानडाको जितको आधार बन्यो।
तेस्रोपटक विश्वकपमा सहभागी भएको क्यानडाले यसअघि कहिल्यै समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै नयाँ इतिहास रचेको हो।
दक्षिण अफ्रिका भने समूह ‘ए’ को उपविजेता बनेर नकआउट चरणमा पुगेको थियो। तर अन्तिम समयमा गोल खाएपछि उसको विश्वकप यात्रा अन्तिम १६ प्रवेशअघि नै टुंगिएको छ।




