काठमाडौं ।: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशभर मनसुन सक्रिय रहेको छ। गण्डकी प्रदेशको केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि मनसुनी वायुको प्रभाव रहेको छ भने बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागमा भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश: अधिकांश स्थानमा बादल लाग्नेछ। मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
मधेश प्रदेश: अधिकांश स्थानमा बादल लाग्नेछ। केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुने सम्भावना छ। केही क्षेत्रमा हावाहुरी र एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।
बागमती प्रदेश: अधिकांश स्थानमा बादल लाग्नेछ। पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुनेछ। पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा हावाहुरी चल्न सक्छ।
गण्डकी प्रदेश: धेरै स्थानमा वर्षा हुने सम्भावना छ। पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्छ। बाँकी क्षेत्रमा भोलिसम्म मनसुन पूर्ण रूपमा फैलिने अनुमान गरिएको छ।
लुम्बिनी प्रदेश: पूर्वी भागमा मनसुन सक्रिय छ भने बाँकी क्षेत्रमा भोलिसम्म विस्तार हुने सम्भावना छ। पहाडी तथा केही तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्छ।
कर्णाली प्रदेश: पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ। भोलिसम्म प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश: पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा वर्षाको सम्भावना छ। भोलिसम्म प्रदेशभर मनसुन फैलिने अनुमान गरिएको छ।
महाशाखाको सूचना: हाल कोशी, मधेश र बागमती प्रदेशमा मनसुन सक्रिय रहेको छ। गण्डकीको केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा पनि मनसुनको प्रभाव छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा भोलिसम्म मनसुन विस्तार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




