काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–एडीबी सहकार्य, विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल भएको हो ।
भेटमा नेपालमा एडीबीको सहयोगमा सञ्चालन भइरहेका परियोजना, आगामी सहकार्यका सम्भावित क्षेत्र र विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।




