२०८३ श्रावण १

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ४ हजार ५०० रुपैयाँ रहेको चाँदीको मूल्य आज १६० रुपैयाँले घटेको हो।

आज चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ७२० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।