काठमाडौं । नक्सालस्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को स्रोतका अनुसार घटनाबारे अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि सङ्गठनको आर्थिक कारोबारमा अनियमितता गरेको आरोपमा अनुसन्धान भइरहेको जनाइएको छ।
पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अनुसन्धानका क्रममा आर्थिक कारोबार, जिम्मेवारी र संलग्नतासम्बन्धी थप विवरण खुल्ने प्रहरीले जनाएको छ।




