काठमाडौँ । बागमती प्रदेशमा साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ कायम भएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक देवकोटाले मन्त्रीहरूको कार्य विभाजनसहित मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषद्को कार्य विभाजन गरेका हुन्।
शुक्रबार गरिएको कार्य विभाजनपछि बागमती प्रदेशमा ६ जना मन्त्री विना विभागीय भएका छन्। मन्त्रालय पुनर्संरचनासँगै मन्त्रीहरूको जिम्मेवारी व्यवस्थापन गर्न यस्तो हेरफेर गरिएको हो।





