२०८३ श्रावण १८

प्रि-ओपन सेसनमै सेयर बजारमा भारी गिरावट, नेप्से २६ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमै सेयर बजारमा भारी गिरावट आएको छ। यस अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.४२ अंकले घटेर २६५९.११ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ५९ वटा स्क्रिप्सको ९ हजार १० कित्ता सेयर कारोबार भएको छ। यस अवधिमा कुल २ करोड ७९ लाख ६ हजार ३३४ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने ३८ वटा स्टकको मूल्य घटेको छ। त्यस्तै, ६ वटा स्टकको मूल्यमा कुनै परिवर्तन भएको छैन।

सेयर बजारको नियमित कारोबार सुरु हुनुअघि हुने प्रि-ओपन सेसनमा लगानीकर्ताको प्रारम्भिक माग र आपूर्तिका आधारमा बजारको अवस्था निर्धारण हुने गर्दछ।