काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा सोमबार पनि निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लामा पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएको देखिए पनि शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञालाई निरन्तरता दिइएको हो।
प्रशासनले स्थानीय क्षेत्रमा शान्ति व्यवस्था कायम राख्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउँदै आएको जनाएको छ।





