काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिएका हुन्।
सभामुखले प्रतिनिधिसभा नियमावलीका सम्बन्धित व्यवस्थाअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए।
सभामुखको रुलिङपछि प्रतिपक्षी सांसदहरू आ–आफ्नो आसनमा फर्किएका थिए।



