काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार संघीय संसद भवन, सिंहदरबारमा दिउँसो १ः१५ बजे बस्ने भएको छ।
बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।




