काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाको करिब चार हजार जनशक्तिको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार आज बिहानदेखि रसुवाको टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट ६ देशका ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको हो ।



