काठमाडौं । विनाशकारी बाढीमा परी बेपत्ता हुनेको संख्या ६४४ पुगेको छ ।
नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता हुनेमा नेपालसहित विभिन्न देशका नागरिक रहेका छन् ।
बोर्डका अनुसार बेपत्ता हुनेमध्ये भारतका १७८, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ जना रहेका छन् । अन्य विभिन्न देशका नागरिकसमेत बेपत्ता रहेको बोर्डले जनाएको छ ।



