२०८३ भाद्र ११

नारायणी नदी किनारमा बाढीबाट बगेका १५ शव फेला

काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारको गण्डक क्षेत्रमा १५ वटा शव फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार नदीका विभिन्न ठोकर (बाँध) क्षेत्रमा ६ महिला, ६ पुरुष, एक बालक र दुई बालिकाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा आएको बाढीमा परी नारायणी नदीमा बगेका व्यक्तिका शव यहाँसम्म आइपुगेका हुन् । फेला परेका शवलाई पृथ्वीचन्द्र अस्पताल तथा अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।