२०८३ भाद्र २९

चिलिमे र अपर त्रिशूली–१ आयोजनाका टनेलमा तीन शव फेला

काठमाडौँ । चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा खोजी गर्ने क्रममा तीनवटा शव फेला परेका छन्।

विदेशी नागरिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा दुईवटा शव फेला पारेको नेपाली सेनाले जनाएको छ। हिलोमाटोले पुरिएको अवस्थामा ती शव फेला परेका हुन्।

त्यस्तै, अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा पनि खोज तथा उद्धार टोलीले करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरेको थियो। सो क्रममा टनेलभित्र थप एउटा शव फेला परेको सेनाले जनाएको छ।