काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका विभिन्न उमेर समूहका व्यक्तिको स्याहारका लागि १ हजार ४६४ जना नेपाली सहायक कामदारका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलमा स्याहारसम्बन्धी कामका लागि नेपाली कामदार माग भएको जनाएको हो।
विभागका अनुसार माग गरिएका कुल कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्। इच्छुक नेपाली नागरिकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिहरूको दैनिक हेरचाह तथा आवश्यक सहयोगका लागि नेपाली सहायक कामदार छनोट गरिने विभागले जनाएको छ।




