२०८३ भाद्र २९

सिन्धुलीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । सिन्धुलीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटना मंगलबार राति हरिहरपुरगढी गाउँपालिकामा भएको हो।

मदन भण्डारी राजमार्गमा सिन्धुलीतर्फबाट मकवानपुर जाँदै गरेको बा.प्र.०३–००१ ख १८१४ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका हरिहरपुरगढी–३ का माइते राईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर चोट लागेका राईको घटनास्थलमै मृत्यु भएको हो।

ठक्करपछि अनियन्त्रित भएको ट्रकले नजिकै रहेको मधेश प्रदेश ०२–०१० प ००३४ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका–६ का २३ वर्षीय सुरेश कुमार साह र पछाडि सवार २९ वर्षीय सुशान्त साह सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।