काठमाडौं। धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोपाङखोलामा पहिरो खसेपछि काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण सडकको दुवैतर्फको आवागमन रोकिएको हो।
प्रहरीका अनुसार गएराति करिब ९ बजे सडकखण्डमा सुख्खा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन। बिहानैदेखि चार वटा उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ।
धादिङ प्रहरीले पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको र केही समयपछि सडक पुनः सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा समेत सडक अवरुद्ध भएपछि काठमाडौं आउने–जाने सवारीसाधनले हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।




