काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी १६ असोजदेखि अन्त्य हुने भएको छ । अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबारदेखि संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिइन् ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने अधिकार राष्ट्रपतिलाई छ । त्यसका लागि मन्त्रिपरिषद्को सिफारिस आवश्यक हुन्छ ।
चालु संसद् अधिवेशन गत २८ वैशाखदेखि सुरु भएको थियो ।




