काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता तथा नवीकरण नभएका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलहरूको सञ्चालन अनुमति रद्द गरेपछि सोही निर्णय कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्रका त्यस्ता पसलहरूलाई बन्द गर्न निर्देशन दिएको हो।
बुधबार जारी सूचनामा कार्यालयले देशभर ५ हजार ३०२ औषधि पसलहरूको सञ्चालन अनुमति रद्द गरिएको जनाउँदै सो निर्णयअनुसार मकवानपुरमा दर्ता नवीकरण नगरेका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसलहरू सञ्चालनमा रोक लगाउन भनिएको छ।





