२०८३ श्रावण २०

इलाममा खोलाले बगाएर बालकको मृत्यु, आमाले गरिन् आत्महत्या

काठमाडौं । माईजोगमाई गाउँपालिका–२ मा ११ वर्षीय बालकको खोलाले बगाएर मृत्यु भएको घटनापछि उनकी आमाले आत्महत्या गरेकी छन्।

गुल्मी स्थायी घर भई विगत ८/९ वर्षदेखि माईजोगमाई–२ स्थित माइतीघरमा बस्दै आएका अनिल खत्रीका छोरा आहान खत्री विद्यालयबाट घर फर्कने क्रममा बजुर खोलाले बगाएको थियो। घटनापछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

छोराको मृत्यु भएको केही समयपछि उनकी आमा ३५/३६ वर्षीया अमृता लेप्चा खत्री मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनले घर नजिकैको क्षेत्रमा आत्महत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय इलामले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनापछि परिवार र स्थानीयवासी शोकमा परेका छन्।