काठमाडौं । बागमती प्रदेशअन्तर्गतका सहरहरूको व्यवस्थित विकासका लागि तयार गरिएको ‘बागमती प्रदेश सहरी नीति २०८३’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नीति स्वीकृत गरेसँगै यसको कार्यान्वयनलाई प्राथमिकता दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए।
उनका अनुसार बागमती प्रदेशअन्तर्गतका सहरमा दीगो, उत्थानशील, पर्यावरणमैत्री तथा सन्तुलित सहरी विकास सुनिश्चित गर्ने उद्देश्यले नीति तयार गरिएको हो।
नीतिअनुसार नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकास गर्ने योजनासहित पाइलट प्रोजेक्टका रूपमा कामसमेत सुरु भइसकेको प्रवक्ता आलेमगरले बताए।




