आज २०८३ भदौ २४ गते, बुधबार अर्थात् ९ सेप्टेम्बर २०२६। भाद्र कृष्णपक्ष त्रयोदशी तिथि बिहान ११ः४७ बजेसम्म रहनेछ र त्यसपछि चतुर्दशी सुरु हुनेछ। बिहान अश्लेषा नक्षत्रको प्रभाव रहनेछ भने दिउँसो १५ः४२ बजेपछि मघा नक्षत्र सुरु हुनेछ। चन्द्रमा पनि सोही समयमा कर्कटबाट सिंह राशिमा प्रवेश गर्नेछ। त्यसैले आजको दिनको सुरुवात र उत्तरार्धमा फरक खालका परिस्थिति देखिन सक्छन्। कसैका लागि काममा अवसर खुल्नेछ भने केही राशिले खर्च, स्वास्थ्य र सम्बन्धमा संयम अपनाउनुपर्नेछ।
मेष — Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज हतारको निर्णयले समस्या बढाउन सक्छ। काममा दोहोरिने झन्झट आउन सक्छ, तर भूमि वा पशुधनबाट लाभ मिल्नेछ। आफन्तसँगको दूरी घट्नेछ। दिउँसोपछि स्वास्थ्यमा ध्यान दिनुहोला। अध्ययनमा गुरुजनको सल्लाह फलदायी हुनेछ।
वृष — Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मेहनतको राम्रो परिणाम पाइने दिन हो। आवश्यक स्रोत जुटेर नयाँ काम थाल्ने मौका मिल्नेछ। दिउँसोपछि पुराना सम्झौता वा सम्बन्धमा फेरबदल आउन सक्छ। प्रतिस्पर्धीको व्यवहारबाट सचेत रहनुहोस्। साथीभाइसँग समझदारी कायम गर्नु लाभदायी हुनेछ।
मिथुन — Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
असावधानीले विवाद निम्त्याउन सक्छ, त्यसैले बोली र व्यवहारमा संयम आवश्यक छ। शुभचिन्तकको सुझाव बेवास्ता नगर्नुहोस्। मध्याह्नपछि रोकिएका काम अघि बढ्नेछन्। प्रतिस्पर्धामा फाइदा लिन सकिनेछ र व्यवसायबाट सामान्य आम्दानी हुनेछ।
कर्कट — Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयास गरे नयाँ अवसर हात पर्नेछन्। पेसा–व्यवसायमा प्रगति र आर्थिक फाइदाको योग छ। भविष्यमा लाभ दिने काम सुरु गर्न सकिनेछ। तर दिउँसोपछि विवादित जिम्मेवारी आउन सक्छ। लोभलालचमा परेर निर्णय नगर्नुहोस् र बोलेको कुरा पूरा गर्ने प्रयास गर्नुहोला।
सिंह — Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मेहनतअनुसार तत्काल प्रतिफल नआउँदा निराशा हुन सक्छ। अनावश्यक खर्चले आर्थिक योजना प्रभावित गर्नेछ। ऋण वा आर्थिक दायित्व घटाउने अवसर भने मिल्नेछ। दिउँसोपछि पारिवारिक माहोल रमाइलो हुनेछ। नयाँ योजना र अध्ययनका लागि समय राम्रो छ।
कन्या — Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
व्यवसाय र आम्दानीका दृष्टिले दिन सकारात्मक छ। आवश्यक साधन जुट्नेछन् र मेहनतको मूल्य पाइनेछ। व्यापार विस्तारको अवसर पनि आउन सक्छ। तर दिउँसोपछि खर्च बढ्न सक्छ। आर्थिक अभाव हुन नदिन अनावश्यक किनमेल र विलासिताबाट टाढा रहनुहोला।
तुला — Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ कामको थालनी र महत्वपूर्ण भेटघाटका लागि दिन अनुकूल छ। मेहनतले प्रतिष्ठा र आर्थिक लाभ दिलाउनेछ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुन सक्छ। दिउँसोपछि आम्दानीको अर्को बाटो खुल्नेछ। व्यवसायमा भने थप लगानीको आवश्यकता पर्न सक्छ।
वृश्चिक — Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा अवसर भए पनि साना अवरोधले गति सुस्त बनाउन सक्छन्। आज ठूलो उपलब्धिभन्दा भविष्यको सम्भावना खोज्नु उपयुक्त हुनेछ। मध्याह्नपछि परिस्थिति सुध्रिनेछ। जिम्मेवारी बढ्नेछ र निरन्तर मेहनतले पेसा तथा आर्थिक क्षेत्रमा राम्रो परिणाम दिनेछ।
धनु — Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अरूको काममा समय दिनुपर्नेछ र सुरुवाती समय केही असहज रहन सक्छ। स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्छ। दिउँसोपछि परिस्थिति अनुकूल बन्दै जानेछ। सामाजिक जिम्मेवारी प्राप्त हुने र आफ्नो कामबाट प्रशंसा तथा आर्थिक लाभ कमाउने अवसर मिल्नेछ।
मकर — Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाट र यात्राले मन खुसी बनाउनेछ। प्रेम तथा मित्रतामा आत्मीयता बढ्नेछ र व्यवसायबाट आम्दानी पनि राम्रो हुनेछ। तर दिउँसोपछि काम बिग्रने चिन्ता र कम उपलब्धिको अवस्था आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस् र आफ्नो मेहनतको श्रेय अरूलाई नदिनुहोला।
कुम्भ — Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम पुनः अघि बढ्नेछन्। मेहनतबाट महत्वपूर्ण जिम्मेवारी र आर्थिक लाभ प्राप्त हुनेछ। आवश्यक साधन जुट्ने भएकाले नयाँ तथा साहसी काम गर्न सकिनेछ। विपक्षमा रहेका व्यक्तिबाट पनि सहयोग मिल्न सक्छ। परिवारको साथ र प्रियजनसँगको भेटले उत्साह बढाउनेछ।
मीन — Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
काममा तालमेल नमिल्दा सुरुवातमा अलमल हुन सक्छ। अध्ययनमा भने प्रगति हुनेछ र गुरुजन तथा परिवारको सहयोग पाइनेछ। आलस्यले अवसर गुम्न सक्छ, त्यसैले सक्रिय रहनुहोला। दिउँसोपछि परिस्थिति सुध्रिनेछ। आवश्यक साधन जुट्ने र साहसी प्रयासबाट लाभ हुने योग छ।
Read More