२०८३ असार २

प्रदेश सभा बैठक तनावग्रस्त, पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा रोस्ट्रमको माइक फाल्ने प्रयास

काठमाडौं । कोशी प्रदेश सभाको बैठक तनावग्रस्त बनेको छ ।

प्रतिपक्षी दलको अवरोधका बीच सभामुख अम्बरबहादुर विष्ट ले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई ले रोस्ट्रममा पुगेर माइक फाल्ने प्रयास गरेका हुन् ।

माइक फाल्ने प्रयासका क्रममा मर्यादापालकले उनलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिपक्षी सांसदको सिटबाट उठेर रोस्ट्रमतर्फ पुगेका राईले माइक फाल्न खोजेपछि मर्यादापालकले हस्तक्षेप गर्दै उनलाई रोस्ट्रमबाट तल झारेका थिए ।