२०८३ श्रावण १०

इरानद्वारा सर्वोच्च नेता खामेनीको मृत्युबारे बदला लिने चेतावनी, अन्त्येष्टि कार्यक्रम घोषणा

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको घटनापछि कडा प्रतिक्रिया जनाउँदै दोषीहरूमाथि बदला लिने घोषणा गरेको छ।

बीबीसी फारसी सेवाका अनुसार, परिषद्का सचिव मोहम्मद बाकर जोलकाद्रको नाममा जारी गरिएको विज्ञप्तिमा खामेनीको मृत्युका लागि जिम्मेवार पक्षहरूसँग निश्चित रूपमा प्रतिशोध लिइने उल्लेख गरिएको छ। उक्त सन्देश उनले सामाजिक सञ्जाल एक्समार्फत पनि सार्वजनिक गरेका थिए।

विवरणअनुसार, खामेनीको मृत्यु २८ फेब्रुअरी २०२६ मा भएको बताइएको छ। सोही दिन अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही गरेको र त्यस क्रममा खामेनीसहित केही उच्च अधिकारी तथा उनीहरूका परिवारका सदस्यको समेत ज्यान गएको दाबी गरिएको छ।

यस्तै, खामेनीको अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा गरिने तयारी छ। साथै छिमेकी मुलुक इराकका बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोकसभा आयोजना गरिने जानकारी दिइएको छ।