२०८३ श्रावण १०

नेप्सेमा ८.७८ अंकको सुधार, कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबार भएका छन्। बजारमा सुधार आउँदा अपर लोहोरे खोला हाइड्रोपावर, कालिंगा हाइड्रोपावर र स्नो रिभर्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।

सानीगाढ हाइड्रोपावरको सेयर मूल्य १४.९७ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर १३.६७ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। बैंकको ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये १०८ वटाको सेयर मूल्य बढेको, १५२ वटाको घटेको तथा १३ वटाको मूल्य स्थिर रहेको छ।

उपसमूहतर्फ बैंकिङ समूहले सबैभन्दा धेरै २.०४ प्रतिशतको वृद्धि दर्ज गरेको छ। समग्रमा पाँच उपसमूहका परिसूचक बढेका छन् भने बाँकी समूहहरू ओरालो लागेका छन्।

Read More

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफाबार छलफल सम्पन्न भएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे।

विधेयकमाथिको दफाबार छलफलमा सांसद प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिँदै आ–आफ्ना धारणा राखेका थिए।

Read More

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित भएको छ।

विधेयकमाथि दफाबार छलफल सम्पन्न भएपछि सम्बन्धित मन्त्रीले उठेका प्रश्नको जवाफ दिएका थिए। त्यसपछि प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै सदनले बहुमतका आधारमा विधेयक पारित गरेको हो।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन्।

सरकारले यसअघि जारी अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो।

Read More

अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाका लागि दुई अर्ब बजेट विनियोजन

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत अधुरा रहेका योजनाको निर्माण सम्पन्न गर्न रु दुई अर्ब बजेट विनियोजन गरेको छ।

मन्त्रालयले हाल सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार ३९ जिल्लाका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाका लागि आवश्यकताका आधारमा बजेट छुट्टाइएको हो।

कार्यक्रमअनुसार कञ्चनपुरका अधुरा रणनीतिक सडक योजनाका लागि रु १४ करोड ५० लाख, अछामका योजनाका लागि रु १० करोड, मकवानपुरका लागि रु ११ करोड ५० लाख र मोरङका लागि रु १३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

मन्त्रालयले अधुरा रणनीतिक सडक योजना सम्पन्न गर्न न्यूनतम रु ३० लाखदेखि अधिकतम रु १४ करोड ५० लाखसम्म बजेट विनियोजन गरेको जनाएको छ।

Read More

सार्वजनिक यातायातको भाडादेखि सीमा समस्यासम्म राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले सार्वजनिक यातायातको भाडा समायोजन, सडक सुरक्षा, विपद् व्यवस्थापन तथा कूटनीतिक माध्यमबाट सीमा समस्या समाधानलगायत विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे।

कांग्रेसका पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए।

कांग्रेसकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये युक्रेन युद्धमा १८७ जनाको मृत्यु र ९६ जना बेपत्ता भएको भन्ने समाचारप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले कूटनीतिक पहलमार्फत घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि आग्रह गरिन्।

कांग्रेसकी विष्णुदेवी पुडासैनीले सुकुमवासी नागरिकको समस्या शीघ्र समाधान गर्न सरकारसँग माग गरिन्।

नेकपाका विष्णुबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्न सरकारलाई सुझाव दिए।

नेकपाकै श्रीकृष्णप्रसाद अधिकारीले नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङस्थित बुलबुले, काउले र सेम्राङ क्षेत्रमा जमिन भासिँदा ३० परिवार विस्थापित भएको र सयौँ घर पहिरोको जोखिममा परेको जानकारी गराउँदै प्रभावितको तत्काल उद्धार तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, नेकपाकी सावित्री मल्लले नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले भूमि संरक्षण र नागरिकता प्राप्तिको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेको उल्लेख गर्दै सीमा समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्।

Read More

नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभामा समूहीकृतछलफल सुरु

काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल सुरु भएको छ।

आज बसेको राष्ट्रियसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ।

बैठकमा सम्बन्धित विनियोजन शीर्षकमाथि खर्च कटौतीका प्रस्ताव दर्ता गरेका सांसदहरूले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।

Read More

नेपालको पदयात्रा पर्यटनमा एआई ट्रयाकिङ प्रणाली लागू गर्न टान–कोरियाली कम्पनीबीच समझदारी

काठमाडौँ । नेपालमा पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित, पूर्वानुमान योग्य र जोखिम न्यूनीकरण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणाली प्रयोग गर्ने उद्देश्यसहित सम्झौता भएको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको आइबिएल कम्पनी लिमिटेडबीच एजट्रेक डिजिटल सेफ्टी सिस्टम प्रयोग गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार एआईमा आधारित स्मार्ट सफ्टवेयर प्रविधि प्रयोग गरी पदयात्री, पथप्रदर्शक तथा सहयोगी श्रमिकहरूको जोखिम पूर्वानुमान, वास्तविक समय (रियल टाइम) लोकेशन पहिचान तथा उद्धार कार्यलाई सहज बनाइनेछ।

यस प्रणालीलाई प्रारम्भमा कुनै एक पदयात्रा मार्गमा परीक्षणका रूपमा लागू गरिनेछ। परीक्षणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा निजी क्षेत्रसँग समन्वय गरिनेछ। सफल परीक्षणपछि सरकारी अनुमति लिएर प्रणालीलाई व्यापक रूपमा विस्तार गर्ने योजना छ।

सम्झौतामा टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा र आइबिएल कम्पनीका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गरेका हुन्।

परियोजनाअन्तर्गत पर्यटकहरूको रियल टाइम डाटाबेस तयार गर्ने, जोखिमबारे पूर्वसूचना दिने तथा डिजिटल ट्रयाकिङ प्रणाली स्थापना गर्ने काममा कोरियाली प्राविधिक पक्षले सहयोग गर्नेछ।

कार्यक्रम संयोजक तथा टानका सह–कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाका अनुसार प्रविधि स्थापना, प्राविधिक तालिम तथा एआई आधारित सूचना प्रणाली विकासमा कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, व्यवसायी र प्राविधिक विज्ञहरूसँग समन्वय गरी यो प्रणालीले पर्यटन क्षेत्रलाई अझ सुरक्षित र विश्वसनीय बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा कोरियाली संस्थाका प्रतिनिधिहरू, विश्वविद्यालयका प्राध्यापक तथा सुरक्षा प्रविधि विज्ञहरूको समेत उपस्थिति रहेको थियो।

Read More

दोहामा अमेरिका–इरान अप्रत्यक्ष वार्ता सम्पन्न, होर्मुज जलमार्ग र सम्पत्ति फुकुवामा छलफल

काठमाडौँ । अमेरिका र इरानबीच कतारको दोहामा दुई दिनसम्म चलेको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ। वार्तामा दीर्घकालीन शान्ति वा इरानको आणविक कार्यक्रमबारे कुनै ठोस सहमति नजुटे पनि केही महत्वपूर्ण प्राविधिक विषयमा छलफल भएको बताइएको छ।

वार्तासँग परिचित स्रोतहरूका अनुसार स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन पुनः सञ्चालन गर्ने तथा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषय प्रमुख एजेन्डा थिए। यी दुवै विषय दुई साताअघि भएको अन्तरिम सम्झौतासँग सम्बन्धित रहेको बताइएको छ।

कतारको विदेश मन्त्रालयले युद्धविरामसम्बन्धी समझदारी कार्यान्वयनमा सकारात्मक प्रगति भएको जनाएको छ। मन्त्रालयका अनुसार आगामी चरणको वार्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि पछि हुने सम्भावना छ।

वार्ताका विषयगत प्रगतिलाई हेर्दा दीर्घकालीन शान्ति सम्झौतामा कुनै ठोस नतिजा नआए पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको छ। त्यस्तै, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवाबारे पनि छलफल अघि बढाइएको छ। यद्यपि इरानको आणविक कार्यक्रमबारे यस चरणमा कुनै औपचारिक छलफल नभएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम सीमित गर्ने विषयमा प्रगति भइरहेको दाबी गरेका छन्। तर वार्तामा सहभागी स्रोतहरूले यस पटक आणविक कार्यक्रमबारे औपचारिक छलफल नभएको बताएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार आणविक विषय आगामी चरणमा उठाइनेछ। वार्तामा दुवै पक्षले कतार र पाकिस्तानका मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै छलफल गरेका थिए।

यसपटक अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर वार्तामा सहभागी नभएको बताइएको छ।

विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ होर्मुज पछिल्ला तनावका कारण संवेदनशील अवस्थामा रहेको छ। अन्तरिम सम्झौताले पुनः सञ्चालनको व्यवस्था गरे पनि पूर्ण सामान्य अवस्था भने अझै कायम हुन सकेको छैन।

इरानले आगामी अगस्ट मध्यदेखि आफ्नो नियन्त्रणमा रहेको जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना अघि सारेको छ। अन्तरिम सहमतिअनुसार प्रारम्भिक चरणमा शुल्क नलिने व्यवस्था गरिएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग ठूलो स्तरको युद्धको सम्भावना घट्दै गएको संकेत दिएका छन्। उनको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार महिनायताकै न्यून बिन्दुमा झरेको बताइएको छ।

Read More

टीकापुर नगरको १९औँ नगरसभा सम्पन्न, आगामी वर्षका लागि १ अर्बभन्दा बढी बजेट पारित

काठमाडौँ । टीकापुर नगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु १ अर्ब ३ करोड ६७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेको छ।

नगरसभाको अध्यक्षता ज्येष्ठ सदस्य जयराम थारुले गरेका थिए। नगर प्रमुख रामलाल डगौरा थारुले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका तथा उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेपछि सभा ज्येष्ठ सदस्य थारुको नेतृत्वमा सञ्चालन गरिएको हो।

आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले नगरसभामा बजेट प्रस्तुत गरेका थिए। आगामी वर्षका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक आम्दानीको आधारमा बजेट अनुमान गरिएको छ।

बजेट स्रोत विवरण

स्रोतरकम
संघीय सरकार अनुदानरु ६५ करोड ५६ लाख
सुदूरपश्चिम प्रदेश सरकार अनुदानरु १४ करोड ६६ लाख
आन्तरिक आम्दानीरु २४ करोड ४७ लाख
कुल बजेटरु १ अर्ब ३ करोड ६७ लाख ७७ हजार

नगरसभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले आर्थिक गतिविधिसम्बन्धी प्रस्तावहरू राखेका थिए। त्यस्तै वडा नं ४ का वडाध्यक्ष लालबिर चौधरीले विविध प्रस्तावहरू प्रस्तुत गरेका थिए।

नगरपालिकाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई १० वर्षसम्म नगरपालिका तिर्नुपर्ने राजस्व शुल्क छुट दिने नीति अघि सारेको छ।

त्यसैगरी सरकारी स्वामित्वका घरजग्गा, सार्वजनिक संस्था, गैरनाफामूलक शैक्षिक तथा स्वास्थ्य संस्था, धार्मिक स्थल, खानेपानी संरचना, मसानघाटलगायत सार्वजनिक सम्पत्तिमा कर नलगाउने नीति पनि नगरसभाले समावेश गरेको छ।

Read More

महिलाको सुरक्षित यात्राका लागि ‘ब्लू बस’ सेवा साउन १ देखि काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी साउन १ गतेदेखि पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित तथा सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सातै प्रदेशमा निःशुल्क ब्लू बस सेवा विस्तार गर्ने योजना रहेको छ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य रहेको छ। यसका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय तथा सहमतिका लागि पत्राचार गरेको र स्वीकृति प्राप्त भएपछि सेवा सुरु गरिने तयारी छ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुट तथा थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुई–दुई वटा बस सञ्चालन गरिनेछ। त्यस्तै, चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन हुनेछन्, जसमा दुई वटा घडीको दिशामा र दुई वटा विपरीत दिशामा चल्ने व्यवस्था रहनेछ।

Read More