२०८३ श्रावण १

कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी कैलालीबाट पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी धनबहादुर घर्ती मगर कैलालीबाट पक्राउ परेका छन् ।

कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार दोषी ठहर भएका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी करिब ४५ वर्षीय घर्ती मगरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए ।

पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।