२०८३ श्रावण १२

असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएको थियो ।

अदालतको आदेशअनुसार उनलाई जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले महतोलाई सफाइ दिएको थियो । तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्टाउँदै बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।