२०८३ श्रावण ४

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ४ सय रुपैयाँ सस्तो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ ले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ। यस्तै, चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका आधारमा स्थानीय बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।