२०८३ श्रावण १०

पानीको सतह घटेपछि बिपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ । सोमबार दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

रोशी खोलामा पानीको सतह बढेपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन रोकिएको थियो। पानीको सतह घटेपछि सुरक्षा अवस्थाको मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेत भएर यात्रा गर्न आग्रह गरेको छ ।

वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र प्रहरी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ।