२०८३ श्रावण ११

वर्षाका कारण सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र हिलो जम्ने घटनाले यातायात सेवा प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा सुरक्षा सतर्कताका लागि निश्चित समय सवारी आवागमनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। पहिरो हटाउने काम सम्पन्न भएपछि उक्त सडकमा सवारीसाधन नियमित रूपमा चल्न थालेका हुन्।

वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहेकाले काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने बिपी राजमार्गमा दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने व्यवस्था लागू गरिएको प्रहरीले जनाएको छ।

यता, इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ अन्तर्गत सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खसेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको