काठमाडौं। जबर्जस्ती करणी मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएका ३२ वर्षीय जनक राईलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार एनसिबी कतार, दोहाको समन्वयमा पक्राउ परेका राईलाई सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको हो।
उनी उक्त मुद्दामा फरार रहेपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउका लागि नेपालस्थित एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ चैत १९ गते रेड नोटिस जारी गरेको थियो।
प्रहरीका अनुसार राईलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइनेछ।



