२०८३ भाद्र १

नेपाली र भारतीय सेनाका प्रमुखबीच भेटवार्ता

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–भारतबीचको पारस्परिक सम्बन्ध तथा दुवै पक्षको आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा आइतबार काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए। त्यसपछि उनले सैनिक मुख्यालयमा आयोजित गार्ड अफ अनर ग्रहण गरेका थिए।

सेठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्राप्त गर्ने कार्यक्रमसमेत रहेको छ।