२०८३ भाद्र ८

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ।

सडक विभागका अनुसार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको हो।

अब कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवतजावत गर्न सक्नेछन्।

यसअघि सुरुङमार्गमा आकस्मिक सेवा, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइएको थियो।

सुरुङमार्ग निजी सवारीका लागि खुला भएसँगै काठमाडौं–धादिङ आवतजावत गर्ने यात्रुले नागढुंगाको उकालो सडकको विकल्प पाएका छन्।