२०८३ भाद्र २८

भोटेकोसी बाढीपीडितका लागि कर्णाली सरकारले २ करोड रुपैयाँ दिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए।

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको मन्त्री पछाईले बताए।